नविन पौडेल
सञ्चालक, जेनेक्स ट्रेडर्स
पोखरामा बिगत ८ वर्षदेखि सूचना तथा प्रविधिसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका नविन पौडेल सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । जेनक्स ट्रेडर्सका सञ्चालक पौडेल १०३ वर्ष पुरानो अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिज क्लबलाई पोखरामा भित्र्याउन समेत सफल रहे । किवानिज क्लब अफ पोखराका संस्थापक अध्यक्ष तथा किवानिज नेपालका बोर्ड डाइरेक्टर नविन पौडेल कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाका प्रथम उपाध्यक्ष पनि हुन् । उनै पौडेलसँग जेनेक्स ट्रेडर्स, किवानिज क्लब, क्यानले आयोजना गरेको इन्फोटेक लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः
सूचना तथा प्रविधिको व्यवसायमा कहिलेदेखि आबद्ध हुनुभयो ?
सूचना तथा प्रविधिको क्षेत्रमा केही गर्नुपर्छ भन्ने मेरो सोच थियो । आफ्नो रुचीको क्षेत्र भएकाले मैले यस क्षेत्रमा लगानी गरेको हुँ । आजभन्दा करिब ८ वर्ष अगाडिबाट म यो व्यवसायमा आबद्ध छु । पोखराको न्युरोडमा जेनेक्स अटोमेसनबाट सुरु भएको यो व्यवसायलाई समय अनुसार परिमार्जित र लगानी बिस्तार गर्दै अगाडि बढिरहेको छु । अटोमेसन सञ्चालन भएको ४ वर्षपछि न्युरोडकै गिरी कम्प्लेक्समा जेनेक्स ट्रेडर्स सञ्चालनमा ल्याएँ । दुवै ठाउँमा अहिले अत्याधुनिक सेवासुविधा सहित व्यवसाय सञ्चालनमा छ । ग्राहकको निरन्तरको मायाले व्यवसायमा थप प्रोत्साहन मिलेको छ ।
कुन–कुन ब्राण्डलाई बिक्री गर्दै आउनुभएको छ ?
यो व्यवसायसँग सम्बन्धित सबै सामग्री हामीसँग उपलब्ध छन् । विशेष गरी धेरै प्रडक्टको हामी गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता भएर काम गरिरहेका छौं । ल्यापटप र डेक्स्टप कम्प्युटरमा डेल, लेनोभो र आसुसको हामी यस क्षेत्रको आधिकारिक बिक्रेता हो । नेटवर्किङ डिभाइसहरुमा टिपी लिङ्क, डिजिकम, युबिएनटी र इडिम्याक्सको आधिकारिक बिक्रेता भएर काम गरिरहेका छौं । प्रिन्टरमा ब्रदर, एन्टिभाइरसमा के सेभेन र क्यास्परस्कीको आधिकारिक बिक्रेता हौं । म्याक्याफी एन्टी भाइरसलाई पनि हामीले पोखरा भित्र्याउने तयारी गरेका छौं । प्रोजेक्टरहरुमा एनइसी र डेलको काम गरिहेका छौं भने एसियन ब्याट्रीको पनि हामी यस क्षेत्रको आधिकारिक बिक्रेता हौं । इन्भर्टरमा जेसिएम र सुक्याम हामीसँग छ । इन्टरकममा एनइसीको बिक्रेता हौं । एएनबी ब्राण्डको सिसी टिभी तथा सेक्युरिटी सिस्टमको पनि हामी बिक्रेता हौं । लगायत सूचना तथा प्रविधि क्षेत्रमा नेपाल भित्रिएका प्राय प्रडक्टहरु बिक्रीका लागि राखिन्छ । म्याक्सेल ब्राण्डका नोटकाउन्टिङ तथा फेक नोट डिटेक्टर मेसिनलाई पनि पोखरा भित्र्याएका छौं । डब्लु डि तथा ट्रान्सेन्ट ब्राण्डका हार्डडिक्सको पनि काम गरिरहेका छौं ।
जेनेक्सबाट सामानहरु कुनकुन क्षेत्रमा पुग्छन् ?
हाम्रो मुख्य बजार पोखरा क्षेत्र नै हो । कास्की बाहेक स्याङ्जा, बागलुङ, बेनीमा पनि राम्रो माग हुन्छ । आसपासका अन्य जिल्लामा पनि आवश्यकता अनुसार सामानहरुको माग हुँदै आइरहेको छ ।
ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हाम्रो सेवाबाट ग्राहकहरु सन्तुष्ट छन् । हामीले नाफालाई भन्दा पनि ग्राहकको सेवालाई जोड दिएका छौं । सस्तो मूल्यमा ब्राण्डेड सामान पाउने भएकाले नै ग्राहकको रोजाईमा जेनेक्स परेको हो । बिक्री पछिको सेवा हाम्रो स्तरीय छ । सूचना तथा प्रविधिसँग सम्बन्धित व्यवसायमा हामी पोखराको पहिलो रोजाईको परेका छौं भन्न पाउँदा गौरव हुन्छ । ग्राहकबाट पाएको मायाले नै व्यवसायलाई समय अनुसार परिमार्जित गर्न प्रोत्साहन मिलेको छ । कर्मचारीहरु पनि उत्साही भएर काम गरेको मैले महसुस गरेको छु । जेनेक्स मार्फत २० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल छौं । आगामी दिनमा लगानी बिस्तार गरी अझै ग्राहकमुखी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
इन्टरनेटतर्फ के–के सेवा प्रदान गर्दै आउनुभएको छ ?
टेकमाइन्ड्स नेटवर्कमार्फत इन्टरनेटसँग सम्बन्धित सेवा प्रदान गरिरहेका छौं । आइएसपी कम्पनीमार्फत इन्टरनेटसँग सम्बन्धित सेवा हामीले पोखरा क्षेत्रमा प्रदान गरिरहेका छौं । फाइबर तथा वायरलेस सेवा दिइरहेका छौं । छिट्टै आइपी टिभी सेवा दिने तयारी भइरहेको छ । आइपी टिभीमार्फत घरघरमा टिभी च्यालन हेर्न सकिनेछ । इन्टरनेट तथा केबल टिभीमा लाग्ने सम्पूर्ण सामग्रीहरु हामीले होलसेलमा बिक्री गर्दै आइरहेका छौं ।
किवानिज क्लबमा पनि आबद्ध हुनुहुन्छ । यो कस्तो संस्था हो ?
म किवानिज क्लब अफ पोखराको संस्थापक अध्यक्ष भएर काम गरिरहेको छु । किवानिज नेपालको बोर्ड मेम्बर तथा प्रदेश ४ को चियरपर्सन भएर पनि काम गरिरहेको छु । यो आजभन्दा १ सय ३ वर्ष अगाडि स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । विशेष गरी बालबालिकाको क्षेत्रमा यस संस्थाले काम गर्दै आइरहेको छ । यो संस्थालाई हामीले पोखरामा डेढ वर्ष अगाडि भित्र्याएका हौं । हामीले पोखरा तथा आसपासको क्षेत्रमा बालबालिकालाई लक्षित गरी सेवाका गतिविधि सञ्चालन गरिरहेका छौं । पोखरामा अहिले महिलाहरुको क्लब पनि स्थापना भइसकेको छ । विशुद्ध सामाजिक भावनाका साथ हामी क्लबमा लागेका हौं ।
क्यान कास्कीको प्रथम उपाध्यक्ष हुनुहुन्छ । क्यान इन्फोटेक समेत नजिकिएको छ । इन्फोटेकको तयारी कस्तो छ ?
क्यान इन्फोटेक आगामी फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा सञ्चालन हुँदैछ । विशेष गरी सूचना तथा प्रविधिको नविनतम प्रविधिहरुलाई हामीले इन्फोटेकमा भित्र्याउनेछौं । म इन्फोटेकको स्पोन्सर व्यवस्थापन उपसमितिको संयोजक भएर काम गरिहेको छु । डिजिकमको मुख्य प्रायोजन रहेको इन्फोटेकमा इन एशोसिएसन विथमा नेटिसले साथ दिएको छ । पावर्डवाई के सेभेन एन्टिभाइरस तथा म्याकाफी एन्टीभाइरसको साथ छ । सिल्भर स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, प्रिन्टिङ स्पोन्सरमा ब्रोदर प्रिन्टर छ । अन्य स्पोन्सरहरुमा डेल, लेनोभो, इडिम्याक्स, माइक्रोल्याब लगायतका ब्राण्ड आबद्ध भइसकेका छन् भने अन्य ब्राण्ड पनि जोडिने तयारीमा छन् ।
Comments are closed.