जोन्टा इन्टरनेशनल १०० वर्षमा प्रवेश, पोखरामा दीप प्रज्वलन

पोखरा । जोन्टा इन्टरनेशनलको स्थापना दिवसको अवसरमा पोखरामा दीप प्रज्वलन गरिएको छ । जोन्टा स्थापनाको ९९ वर्ष पुरा भएर १०० वर्ष प्रवेशको अवसरमा हालै पोखरामा विश्व शान्तिको कामना गदै दीप प्रज्वलन गरिएको हो ।

जोन्टा इन्टरनेशनलको शतवार्षिकीको अवसरमा उक्त कार्यक्रम गरिएको जोन्टा क्लब पोखराका अध्यक्ष लिना श्रेष्ठले जानकारी दिइन् । सेवा र समर्थनका माध्यमबाट महिला सशक्तीकरण गरौं भन्ने मूल नाराका साथ सेवा कार्य गर्दै आइरहेको क्लब सन् १९१९ नोभेम्बर ८ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा स्थापना भएको थियो ।

यो क्लब नेपालमा ५ वर्ष अगाडि स्थापना भएको हो । पोखरामा ५ महिना अगाडि स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरिसकेको श्रेष्ठले जानकारी दिइन् ।

jutta mela

You might also like

Comments are closed.