जोर्ज जोन शिक्षा प्रतिष्ठानद्रारा विभिन्न व्यक्तिलाई सम्मान

पोखरा २६ साउन । जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका दश जना व्यक्तिहरुलाई शनिबार पोखरामा एक कार्यक्रमबीच सम्मान गरीएको छ । प्रतिष्ठानको २२औं वार्षिक उत्सवमा विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदार्न गरिएको छ ।

कानुन संकायका सन्तोष शर्मा, शिक्षा संकायका हरिमाया शर्मा, विज्ञान संकायतर्फ विनिता श्रेष्ठ, व्यवस्थापन संकायका विन्दुदेवी शर्मा र मानव संकायतर्फ थमन सिहं गौतमलाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

शिक्षा क्षेत्रमा अतुलनीय योग्दान पु¥याउन सफल भएको भन्दै डाक्टर गणेशमान गुरुङ, वैज्ञानिक माहावीर पुन, नरहरि भट्टराई, तारानाथ बराल र लोक गायिका हरिदेवी कोइरालालाई कार्यक्रममा सम्मान गरिएको हो ।

पृथ्वी नारायण वहुमुखी क्याम्पसका संस्थापक जोर्ज जोनको नाममा वि.स. २०५२ मा प्रतिष्ठान स्थापना भएको हो । सम्मानित गणेशमान गुरुङले सरकारले प्रदेशस्तरमा र केन्द्रस्तरमा हुने विश्वविद्यालयको छिटो भन्दा छिटो टुङ्गो लगाउनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद राजीव पहारीले सबै आधारभूत कुराहरु पुरा हुँदाहँुदै पनि पृथ्वीनाराण क्यापस विश्व विद्यालय बन्न नसक्नु पीडादायी भएको बताए । प्रमुख अतिथी प्रदेश प्रमुख बाबुराम कुवँरले जोर्ज जोन सरले सुरु गरेको शैक्षिक आन्दोलनले राष्ट्रिय शिक्षा क्षेत्रमा ठुलो योगदान पु¥याएको धारणा राखे ।

कार्यक्रममा प्रदेश सांसद बिन्दु थापा, लोक गायक प्रजापती पराजुली, देवनारायाण सुतीहार लगायतले आफ्ना विचार राखेका थिए । प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुष्मा पौडेलले गरेकी थिइन् ।

You might also like

Comments are closed.