जोशीलाई कारवाही गर्नुपर्छ भन्ने काँग्रेस वरिष्ठ नेता पौडेलले ओझाको संरक्षण किन गरे ?

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७० को संंसदीय चुनावमा आफूलाई हराउन भूमिका खेलेको भनेर काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही गर्नुपर्ने माग गरे । उनकै माग अनुसार जोशीलाई पार्टीले कारवाही गरेको छ । जोशीलाई कारवाही गर्नुपर्छ भन्ने पौडेलले सोही प्रकृतिको घटनामा कारवाहीमा परेका पुस्करनाथ ओझालाई भने संरक्षण गरेका छन् ।

गत संसदीय चुनावमा कैलाली क्षेत्र नम्वर ३ की उम्मेदबार डा. आरजु राणा देउवालाई हराउन भूमिका खेलेको आरोपमा पुष्करनाथ ओझालाई पार्टी अनुशासन समितिले कारवाही गरेको थियो । पार्टीको आधिकारिक उम्मेदवार राणालाई हराउन ओझाले भूमिका खेलेको काँग्रेसको आरोप छ । २०७० को चुनावपछि कैलालीले आयोजना गरेको एक कार्यक्रममा ओझा आफैले आरजुलाई चुनावमा असहयोग गरेको बताएका थिए । उक्त कार्यक्रममा वरिष्ठ नेता पौडेल स्वयम पनि उपस्थित थिए ।

पार्टीको आधिकारिक उम्मेदबारलाई हराउन भूमिका खेलेको भन्ने ओझाको भनाई आफैले सुनेका पौडेलले अहिले भने उनी माथि अनुशासन समितिले गरेको कारबाहीप्रति असहमति किन राखे भनेर काँग्रेसभित्र चर्चा भइरहेको छ । एउटै प्रकृतिको घटनामा उनले किन दुई चरित्र देखाए ? प्रश्न उठेको छ ।

jutta mela

गत चुनावमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदबार बनाउनै पर्ने कानुन अनुसार डा. आरजुले टिकट पाएको काँग्रेस नेताहरु बताउँछन् । ‘पार्टीका तर्फबाट ३३ प्रतिशत महिला उम्मेदबार उठाउन हम्मेहम्मे परेका बेला कोही पनि प्रत्यक्ष चुनाव लड्न नमानेपछि डा. आरजु देउवा चुनाव लड्न तयार हुनुभएको हो,’ काँग्रेसका संसदीय बोर्डका एक सदस्यले भने, ‘त्यति बेलै ओझालाई समानुपातिक र राष्ट्रिय सभाको सदस्यको लागि प्रस्ताव गर्दा उनी म राजनीति गर्दिन भन्दै तर्किएर हिडेका हुन् ।’

अनुशासन समितिले आधिकारिक प्रमाणसहित ओझामाथि कारबाही गर्दापनि पार्टीका वरिष्ठ नेता पौडेलले भने असहमति राखेको केही काँग्रेस नेताहरु बताउँछन् । ‘चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्दा बिरोध गरेर पौडेलले गलत गर्नुभयो,’ काँग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यस्तो गैरजिम्मेवारपूर्ण भनाईले उहाँ आफैलाई असर गर्छ ।’

 

You might also like

Comments are closed.