‘टाटाका गाडी सबैका लागि आवश्यक’

केशवप्रसाद अधिकारी
अध्यक्ष, शुभ जगदम्बा अटोमार्ट प्रालि

टाटाका कुन कुन सेगमेन्टका गाडीहरु हजुरले बिक्री वितरण गर्दै आउनुभएको छ ?
टाटाले सबै किसिमका गाडीहरु निकालिरहेको छ । टाटाले सानोमा पिकअपदेखि हेभी इक्यूपमेन्टसम्मका गाडीहरु उपलब्घ छन् । शुभ जगदम्बा अटोमार्टले गण्डकी प्रदेश भित्र टाटा साना गाडीहरुमा एससिभी कार्गो, पिकअप, एससिभी प्यासिन्जर, प्यानल भ्यान, आइ एण्ड एलसिभी ट्रक, ट्रिपर सेगमेन्टहरुको बिक्री वितरण गर्दै आइरहेका छौं ।

बजार कस्तो छ त टाटाको ?
बजार अहिले सबैको घटेको छ । देशको अर्थतन्त्र, बैंकिङ नीति र सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणका कारण बजार घटेको हो । तैपनि केहि महिना अघिसम्म डाउन भएको मार्केट दशैंका कारण केहि बढेको छ । बुकिङपनि बढेको छ । टाटाको मात्रै हेर्ने हो भने प्यासेन्जर मोडलको बजार डाउन छ । ठूला बस, ट्रकहरुको बिक्री ८० प्रतिशत डाउन छ अहिले । तर एसयुभी, आइएसयुभी, ८ मिटर, ५ मिटर, ३ मिटर ट्रिपरहरु, पानी बोक्ने पिकअप, विंगर, स्कुल बसहरुको माग बढी छ ।

jutta mela

अटो बजार ओरालो लाग्नुको कारण के होला ?
देशको अर्थतन्त्र, बिना कारण सिण्डिकेट भनेर यातायात क्षेत्रमा गरिएको हस्तक्षेप, वैंकिङ नीति नै प्रमुख कारण हो । साधारण व्यवसायीले अहिले बस किन्छु भनेर सक्दैन । सानो ब्यापारी वा किसानले अहिले गाडी किन्नै सक्दैन । किनकि न अटो लोन पाउँछ उसले नत सानो सानो रकम जोडेर किन्न सक्ने अवस्था छ । जग्गा जमिनको भ्यालु डाउन हुनु, क्यास नहुँदा चल अचल सम्पतीको क्यालकुलेटर हान्नुबाहेक अर्को विकल्प छैन । बैंकिङ नीतिले लोन लिनसक्ने अवस्था छैन । गाडी किनेर यातायात व्यवसायी बन्ने वातावरण पनि सिण्डिकेटको नाममा बन्द गरियो । यीनै कारण हुन् अटो बजार ओरालो लाग्नुको ।

टाटाका गाडीहरुको विशेषताहरु के–के हुन् ?
टाटा आलुजस्तै हो । बलियोमा बलियो, रिसेल भ्यालु भएको, स्पेयर पार्टस् जुनसुकै ठाउँ र कुनामा पनि उपलब्ध यसको प्रमुख विशेषताहरु हुन् । त्यस्तै अधिराज्य भरका सबै ठाउँमा सर्भिसिङ, सबै क्षेत्रमा निजी ग्यारेज, निजी वर्कसप भएकाले यो सबैमा लोकप्रिय छ ।

टाटाको मूल्यचाहिं कस्तो छ ?
टाटा बास्तवमा क्वालिटी अनुसार धेरै सस्तो छ । हामीले बिक्री वितरण गर्ने गाडीहरुमा १२ लाख रुपैयाँदेखि ४० लाखसम्म पर्छ । अनि सस्तो खोज्नेहरुका लागि पानी बोक्ने भ्यानहरु १०÷१२ लाखका पनि छन् ।

ओरालो लागेको अटो बजार उकास्न के गर्नुपर्ला ?
अटो बजार उकास्ने हो भने सरकारले आफ्नो दृष्टिकोण बदल्नुपर्छ । हामी पनि सहज भइदियोस भनेर बत्ती बालिरहेका छौं । सरकारले नै निकास दिनुपर्छ । राज्यको ढुकुटीमा पैसा थन्किएको छ । योजना कार्यान्वयन हुनुपर्छ । थन्किएको पैसा बजारमा आउनुपर्छ । ठूला माफियाले बैंकमा पैसा राख्न नसकेर सिरानीमा राखेका छन् । त्यसको प्रभाव गाडीमा मात्र होइन सुनदेखि सबै व्यवसायमा परेको छ । त्यसैले सरकारले यसलाई सहज बनाउनुपर्छ ।

अहिले मान्छेको आम्दानीको श्रोत घटेको छ । क्रय क्षमता कम भएपछि कसरी किन्छ गाडी । बजारमा पैसाको अभाव छ । नोट अभाव छ । तरलता अभाव छ । आर्थिक नीति नै खराब छ भन्छु म त । सरकारले कसैले पैसा निकाल्यो भने वैंकको ब्यालेन्स सीट ल्याउ भन्छ । त्योपनि समस्या रुपमा देखिएको छ । यसको पनि उपाय खोज्नुपर्छ ।

टाटाको बुकिङ कस्तो छ अहिले ?
टाटाको बुकिङ घटेको छ । दशैंले गर्दा केहि उकालो त लागेको छ तर पहिलेका दशैंहरुमा जस्तो व्यापार छैन ।

दशैं अफर के छ त टाटाका गाडी किन्दा ?
टाटाको कुनै पनि गाडी किन्दा वासिङ मेसिन, माइक्रोओभन, ४८ देखि ५५ इन्चसम्मको सोनी टिभी, सामसुङ ग्यालेक्सी एस टेन र नोट टेन, हुवाई प्रि ३०, हिटाचीको थ्रि डोर फ्रिज, निकोनको ५६०० मोडल क्यामरा, हिटाचीको १ टनको एसी, विदेश भ्रमण सेगमेन्ट अनुसार थाइल्याण्ड, चीन, जोर्डन, मा गर्र्न सकिन्छ । २ वटा खरिदमा दुवइ, रसिया र युरोप टुर । ३ वटा खरिदमा युरोप र साउथ अफ्रिका टुरको सुविधा छ ।

You might also like

Comments are closed.