टान पोखराको साधारण सभा बुधबार

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २५ औं वार्षिक साधारण सभा बुधबार हुँदैछ । स्विस इन्टरनेसनल होटल लेकसाइडमा साधारणसभा पूर्वाह्न १० बजे शुरु हुने टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए । साधारण सभाको नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

साधारण सभाको अवसरमा टिम्स र यसका बारेमा उठेका विषयहरुका बारेमा छलफल गरिने टान पोखराका सचिव जीवनराज सापकोटाले जानकारी दिए । उनका अनुसार सो अवसरमा ‘पर्वतीय पर्यटनको प्रवद्र्धन र विकास’ सम्बन्धी अन्तक्र्रिया पनि आयोजना हुनेछ । सुझावलाई नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने उद्देश्यले अन्तक्र्रिया गर्न लागिएको उनले बताए ।

साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । टान पोखराले क्यान्सर पीडित पुरानी गाइड सुनिता गुरुङलाई नगद १० हजारसहित सम्मान पत्रले सम्मान गर्ने भएको छ । गुरुङले पदयात्रामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको उनले बताए । उपचारमा सहयोग र हौषला प्राप्त होस् भन्नेपनि आफूहरुको उद्देश्य रहेको उनको भनाई छ ।

jutta mela

त्यस्तै सगरमाथाको उचाई मापनकर्ता टोलीका सदस्य कस्केली ईञ्जिनियर खिमलाल गौतमलाईपनि सम्मान गर्ने भएको छ ।

टान पोखराले एचआइभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि सम्मान गर्ने भएको छ । एचआइभी संक्रमित भएरपनि सगरमाथा आरोहण गर्न सफल भएकोमा बधाईसहित सम्मान गरिने महासचिव सापकोटाले जानकारी दिए ।

टान पोखराले पर्यटकको सुरक्षा र उद्धारमा खटिने पर्यटन प्रहरी कार्यालय बैदामलाई पनि सम्मान गर्ने जनाएको छ ।

साधारण सभाको अवसरमा पर्यटन र त्यसमा पनि खास गरेर ट्रेकिङ सम्बन्धी समाचार लेखेर पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई पनि सम्मान गर्ने तयारी गरिएको सापकोटाले बताए । टान पोखराले साधारण सभाको अवसरमा बेस्ट स्टाफ अफ दी इयरबाट श्याम परियारलाई सम्मान गर्ने जनाएको छ ।

You might also like

Comments are closed.