टिभिएस अपाचे स्पोर्टस अवार्ड जेठ २४ गते, तयारी तिब्र

आर्थिक आवाज
पोखरा, २ जेठ । टिभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डको मिति विहबिार घोषणा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विहीबार पोखरामा पत्रकार सम्मेलन गरि मञ्चले हरेक वर्ष गर्दै आएको टिभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको चौथो संस्करण यहि जेठ २४ गते गर्ने घोषणा गरेको हो । यस वर्ष ८ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ । चौथो संस्करणको अवार्डमा एउटा नयाँ विधा थप भएको छ । यसअघि सातवटा विधामा पुरस्कार दिइएकोमा यो संस्करणमा यस वर्ष पपुलर खेलाडी अवार्डको विधा थप गरिएको हो ।

मञ्चले वर्ष सर्वोत्कृष्ट पुरुष, वर्ष सर्वोत्कृष्ट महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संस्था र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गर्ने पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तथा अवर्डा कार्यक्रमका मूल संयोजक एकराज गिरीले जानकारी दिए । त्यस्तै मञ्चले खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने एक जनालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने उनले बताए ।

मञ्चले वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषलाई टिभीएस अपाचे मोटरसाइकल एक थान तथा वर्ष सर्वोत्कृष्ट खेलाडी महिलालाइ वीगो स्कुटरसहित ट्रफीसहित दोसल्ला ओढाएर सम्मान गरिने जनाएको छ । त्यस्तै वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष पपुलर खेलाडी र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्राप्त गर्ने प्रत्येकलाई १५÷१५ हजार नगद, ट्रफी र दोषल्लाले सम्मान गरिने जनाइएको छ । यसैगरी वर्ष उत्कृष्ट खेल संस्थालाई नगद १० हजारसहित ट्रफी प्रदान गरिने भएको छ ।लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानितलाई भने चाँदी जडित ट्रफी प्रदान गरिने जनाइएको छ ।

jutta mela

पत्रकार सम्मेलनमा बोल्दै मञ्चका गण्डकी अध्यक्ष एकराज गिरीले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनका लागि अवार्ड गर्न लागेको बताए । उनले भने,‘गण्डकी प्रदेश खेलकुदको उर्वर भुमी हो, खेल पत्रकारिताका साथ साथै खेलाडीलाई समेत हौसला प्रदान गर्नको लागि मञ्चले अवार्ड आयोजना गरेको हो ।’ उनले यसअघी कास्की जिल्ला स्तरको अवार्डलाई अपग्रेड गरेर गण्डकी प्रदेश स्तरिय बनाएको स्पष्ट पारे । अवार्डमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरु समावेश हुने र उनीहरुले वर्षभरी गरेको प्रदर्शनको आधारमा अवार्ड प्रदान गरिने गिरीले बताए । अवार्डको एक हप्ता अघि प्रत्येक विधामा ३÷३ जनाको नोमिनेसन सार्वजनिक गरिनेपनि उनले जानकारी दिए । त्यसका लागि नोमिनेसन छनौटको काम भइरहेको उनको भनाई छ ।

अवार्ड सम्पन्न गर्नका लागि मञ्चका अध्यक्ष एकराज गिरी संयोजकत्वमा मुलअयोजक समिती तथा विभिन्न उपसमिति गठन गरिएको छ । उपसमिती अन्तर्गत सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापन संयोजकमा शशीकुमार पौडेल, प्रचारप्रसार संयोजक विजय नेपाल, सांस्कृतिक संयोजक सुशील नेपाली, खाजा खाना संयोजकमा रोशन अधिकारी, मञ्च तथा हल व्यवस्थापन संयोजकमा मन क्षेत्री, फोटोग्राफी÷भिडियोग्राफीसंयोजकमा उमेश पुन, स्वयंसेवक संयोजकमा अर्जुन गिरी, प्रमाणपत्र तथा ट्रफी व्यवस्थापन संयोजकमा रञ्जन अधिकारी, चिठीपत्र तथा व्यानर व्यवस्थापन संयोजकमा राजाराम पौडेल, अतिथि सत्कार संयोजकमा कविता घर्तीमगर र वैदेशिक समन्वय संयोजकमा केशव पाठक रहेका छन् ।

You might also like

Comments are closed.