टिभिएस र इ-सेवा बीच सहकार्य

काठमाडौं । टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ ।

दसैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभिएस अपाचे टु भी जित्न सकिने योजना संचालनमा आएको छ ।

टिभिएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दसैंमा केहि नयाँ दिने कोशिष टिभिएसले गरेको छ ।

टिभिएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

अहिले टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

You might also like

Comments are closed.