‘ट्याक्सीमा ‘हाउ मच’को अवस्था अन्त्य हुनुपर्छ’

प्रकाशमणि तिवारी
अध्यक्ष
पोखरेली ट्याक्सी सेवा प्रालि

ट्याक्सी व्यवसायी समिति कास्कीको ३९औं साधारणसभा तथा रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको प्रथम अधिवेशन ‘व्यावसायीक सुरक्षा, यात्रुमैत्री सेवा’ नाराका साथ सोमबार हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

पोखरामा करिब २ हजार २ सय ट्याक्सी दर्ता छन् । उसो त त्यत्तिकै संख्यामा दर्ता नभई ट्याक्सी सञ्चालनमा रहेको बताइन्छ । पोखरेली ट्याक्सी सेवा प्रालिमा मात्र १७ सय ट्याक्सी व्यवसायी आबद्ध छन् ।

jutta mela

ट्याक्सी व्यवसायी समितिबाट रुपान्तरित भएर पोखरेली ट्याक्सी सेवा प्रालि बनेको यस समितिमा वर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले दोहोरिने इच्छा व्यक्त गरेका छन् । व्यवसायीले आफूलाई दोहो¥याउनेमा उनी विश्वस्त छन् । भन्छन्, ‘ठेकेदारले घर बनाउँदा बनाउँदै बिचैमा छोड्यो भने घर नै अलपत्र बन्छ, हो ट्याक्सीमा पनि त्यस्तै हुनसक्छ ।’ उनले आगामी नेतृत्व सर्वसम्मत नै हुने उनको भनाई छ ।

रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको प्रथम अधिवेशनमा भाडा समायोजनको कुरा उठ्ने भएको छ । महानगरपालिका र गण्डकी प्रदेशमा भाडा समायोजन समिति बनेपनि त्यसले ठोस निश्कर्ष नदिएको भन्दै अधिवेशनमा कुरा उठ्ने अध्यक्ष प्रकाशमणि तिवारीले बताए । उनले तेलको भाउ अनुसार मूल्य समायोजन ३५ प्रतिशत मात्र हुने बताउँदै मजदुरको तलब, कर बृद्धि, मूल्य बृद्धि तथा पार्ट पूर्जा र लुब्रिकेन्ट्समा भएको मूल्य बृद्धिलाई ध्यानमा राखेर मूल्य बृद्धि भएमात्र मिटरमा ट्याक्सी चलाउन सकिने बताए ।

अध्यक्ष तिवारीले ट्याक्सीमा भाडाका लागि हुने बार्गेनिङको अन्त्य र हाउ मच ? भन्ने चलनको अन्त्य गर्नुपर्ने बताए । त्यसका लागि भाडा समायोजन गरेर मिटरमा ट्याक्सी चल्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

अध्यक्ष तिवारीले यातायात क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठन गर्नुपर्ने बताए । महानगरस्तरीय यातायात प्राधिकरण, गण्डकी प्रदेश स्तरीय यातायात प्राधिकरण र संघ सरकारको यातायात प्राधिकरण बनाएर यातायात क्षेत्रको समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।

यातायात क्षेत्रमा निजी सवारी साधनले पनि समस्या निम्त्याएको अध्यक्ष तिवारीको आरोप छ । रातो प्लेटका सवारी साधन भाडामा प्रयोग भइरहेको उनको आरोप छ । सो समस्यापनि समाधान गर्नुपर्ने उनले बताएका छन् ।

पोखरामा आवश्यक्ताका आधारमा सवारी साधन थप्नुपर्ने अध्यक्ष तिवारीको भनाई छ । उनले २० वर्ष भन्दा पुराना सवारी साधन उपत्यकामा चलाउन नपाउने नियमको बिरोध गर्दै आएका छन् । कति वर्ष पुरानो भन्दा पनि गाडीको कन्डिसनको आधारमा चलाउन पाउनुपर्ने उनको भनाई छ । साथै उनले निजी गाडी जति वर्षपनि चलाउन पाउने तर भाडाका सवारी साधनलाई मात्रै वर्ष तोक्नु गलत भएको उनले बताए ।

अध्यक्ष तिवारीले विमा नीति परिवर्तन गर्नुपर्नेसमेत खाँचो औंल्याएका छन् । अहिले कुनै दुर्घटना भएर मान्छे घाइते हुँदा ३ लाख भन्दा बढी खर्च भयो भने बेरुजु देखिन्छ, यसले गर्दा घाइतेले पूर्ण उपचार नपाउने स्थिति भएको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने बताए । उनले कि त पूर्ण विमा नीति अप्नाउनुपर्ने, अन्यथा विमामा कर छुटसहित जति खर्च लागेपनि खर्च गर्दा देखिएको पैसा बेरुजु निस्कन नहुने गरी नीति बनाउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.