ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

 

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् ।

यसैबीच बुधबार विहान भएको मिक्स टिम रिले ट्रायथलनमा नेपालले रजत पदक जितेको छ । सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले रजत पदक जितेको हो ।

पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्रायथलनमा २ स्वर्णसहित कुल ६ पदक प्राप्त गरेको छ ।

You might also like

Comments are closed.