ठुलो मात्रामा लागूऔषध बरामद

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले यही जेठ ३१ गते ठुलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा गाउँपालिका-१० शंखमुल घर भई हाल पोखरा महानगरपालिका(१० बस्ने १८ वर्षिय डेबिड तामाङ छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका (१० गण्डकी अस्पताल नजिक बिजय कुमार गुरुङको घरमा डेरा गरी बसेका तामाङलाई निजकै डेरा कोठाबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका निज डेबिड तामाङको साथबाट प्रहरीले डाईजापाम, फेनरागन र नुर्फिन गरी १४६४ एम्पुल, फेन्सिडिल ३ बोरा ९३३८ बोत्तल० र नाईट्रोसन चक्की १०० थान गरी जम्मा १९०२ थान लागूऔषध सहित बरामद गरेको छ । पक्राउ परेका निज डेबिड तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा हालै मात्र सरुवा भई आएका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले छोटो समयमै ठुलो मात्रामा लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

यही जेठ २९ गते पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने ३८ वर्षीया देवी कुमारी गुप्तालाई ९०० थान लागूऔषध सहित पक्राउ गर्न सफल भएका छन् भने सोही मितिमा नै कार्की कै कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरास्थित उत्तमचोकबाट १५०० थान लागूऔषध सहित गोविन्द थापालाई पक्राउ गर्न सफल भएका हुन ।

You might also like

Comments are closed.