डफिन्स टिम फेमेली क्यामरुनले जित्यो पोखरा कपको उपाधि

सन्देश श्रेष्ठ
पोखरा, २८ माघ

क्यामरुनको डफिन्स टिम फेमेली क्यामरुनले मनकामना केबलकार पोखरा कप २०७५ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टीम डफिन्स टिम फेमेलीले पोखरा कपको छैटौं संस्करणको उपाधि जितेको हो । फ्रेञ्चाइजी लिग खेल्न नेपाल आएको क्यामरुनी टीमले तेश्रो पटकमा सफलता चुमेको हो । यसअघी खप्तड गोल्ड र मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कपमा पहिलो चरणबाटै बाहिरिएको क्यामरुनी टीमले पोखरामा भने उपाधि चुम्न सफल भयो ।

उपाधि बिजेता डफिन्स टिम फेमेली क्यामरुनले नगद ७ लाख ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा चित्त बुझाएको एपिएफ क्लवले भने ४ लाख ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

कठीन जित निकालेको डफिन्स टिम फेमेलीले खेलको ५४ औं मिनेटमा निर्णायक गोल गरेको थिो । क्यामरुनी टिमका लागि यानिक ओवानकले निर्णायक गोल गरेका हुन् । अर्नेल अहण्डाले पोष्टमा प्रहार गरेको वल एपीएफका सन्तोष कटुवाललाई लागेर फ्लिक भएको बेललाई यानिकले जाली चुमाएका थिए ।

एक गोलले पछि परेपछि आक्रामक बनेको एपिएफले गोल गर्ने प्रयास गरेपनि सफलता भने हात पार्न सकेन । शारीरिक रुपमा अग्ला र बलिया क्यामरुनी खेलाडी सामु एपिएफका खेलाडीहरु निरिहजस्ता देखिन्थे । एपिएफका खेलाडीलाई हेड बल र लङ पास खेल्न कठिनाई भएको थियो । सर्ट पासमा केहि मुभ राम्रो निकालेपनि क्यामरुनको बलियो रक्षापंक्ति एपिएफका खेलाडीले चिर्न सकेनन् । अन्ततः एपिएफ क्यामरुनी टिमलाई नतिजा सुम्पन बाध्य भयो ।

उपाधि जिताउन निर्णायक गोल गरेका यानिक फाइनल खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले प्रत्येक खेलमा गोल गरेका थिए । उपाधि बिजेता डफिन्सका क्याप्टेन जो अङ्गोलाले जितपछि खुसी लागेको प्रतिक्रिया दिए । उनले नेपाली फुटबल खेल कौशल राम्रो रहेको बताए । उपबिजेता एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले शारीरिक रुपमा मजबुत क्यामरुनका खेलाडीबिरुद्ध आफुहरुको एउटा मिस्टेकले उपाधि जित्नबाट चुकेको बताए । उनले ५४ औं मिनेटमा भएको गोल नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए ।

राजु बने सर्बोत्कृष्ट खेलाडी

शसस्त्र प्रहरी वल एपिएफ क्लवका गोलकिपर राजु नगरकोटी प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बने । उनी प्रतियोगिताको उत्कृष्ट गोल रक्षकसमेत बने । उपाधि दाबेदार मानिएको जापानको रिस्सो युनिभर्सिटीलाई पराजित गर्दा उनै राजु नायक बनेका थिए । उनले प्रतियोगिता अवधीभर दर्शकको मनसमेत जितेका थिए । सर्बोत्कृष्ट खेलाडी बनेका राजुलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरियो ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर एपिएफका रमेश दंगाल, उत्कृष्ट मिडफिल्डरमा मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकरमा डफिन्सका यानिक ओवाना, उत्कृष्ट प्रशिक्षकमा एपीएफका राजेन्द्र तामाङ घोषित भए । उनीहरुलाई जनही नगद २५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । पोखरा रंगशालामा पहिलो पटक उक्त प्रतियोगितामा सहभागि जनाएको जापानको रिस्सो युनिभर्सिटीको टीम अनुशासित टिम घोषित भयो ।

विजेतालाई खेलाडीहरुको टीमलाई अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, प्रतियोगिता संयोजक हरि खड्का, सहारा क्लवका निवर्तमान अध्यक्ष विरभद्र आचार्य, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले पुरस्कार वितरण गरे ।

गत माघ १५ देखि सुरु प्रतियोगितामा बिदेशी २ सहित १२ टिम सहभागि थिए । वर्षाका कारण निर्धारित फाइनल खेल एक दिन पछि धकेलिएको थियो । प्याराफिट अभावमा पनि शुल्क तिरेरै चौरमै बसेर फुटबल हेर्न दर्शक पोखरा रंगशालामा पुगेका थिए ।

उत्कृष्ट फुटवलरको पुरस्कार उत्तमलाई

प्रतियोगिताको समापनको अवसरमा फुटवल खेलाडी उत्तम गुरुङलाई उत्कृष्ट वर्ष फुटवल खेलाडीको पुरस्कार प्रदान गरिएको छ । एन्फा कास्कीले वर्ष उत्कृष्ट फुटवलरको रुपमा गुरुङलाई पुरस्कृत गरेको हो । उनलाई यामाहाको एकथान स्कुटर प्रदान गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकार दिए । गुरुङ आयोजक पोखरा ११ का खेलाडी हुन् ।

पुन खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

फोटो पत्रकार उमेश पुन खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । फोटो पत्रकारिताको माध्यमबाट फुटवलको विकास, बिस्तार र प्रवद्र्धनमा योगदान दिएको भन्दै उनलाई खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिएको एन्फा कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिए । पुनलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको एन्फा कास्कीले जनाएको छ । सो अवसरमा फुटबलको विकासमा लामो समयदेखि योगदान दिएको भन्दै नेपाल सेभेन ए साईड फुटवल महासंघका अध्यक्ष नवीन पुनलाई समेत सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.