डा. भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

काठमाडौ. । मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
उनी यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक तथा सहिद गंगालाल हृदय रोग केन्द्रको निर्देशक भएका काम गरेका थिए ।

You might also like

Comments are closed.