डुम्रेमा सुविधासम्पन्न पेट्रोल पम्प सञ्चालन

आर्थिक आवाज
तनहुँ । बन्दीपुर गाउँपालिकाको चिसापानी डुम्रेस्थित पृथ्वी राजमार्गमा सुविधासम्पन्न पेट्रोल पम्प सञ्चालनमा आएको छ । ६ करोड रुपैयाँ भन्दा बढीको लागतमा स्थानीय गोपाल अधिकारीले सञ्चालनमा ल्याएको कुवेर आयल सप्लायर्सको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे ।

पहिला सेवा लिने सवारी साधनमा तेल भरिदिएर उनले सेवा शुरुवात गरेका थिए । आकर्षक केओएस् रेष्टुरेन्टसहित सञ्चालनमा ल्याइएको पेट्रोल पम्प राजमार्ग क्षेत्रमै उत्कृष्ट र आधुनिक रहेको सञ्चालकको दावी छ । २४ सै घण्टा सेवा दिइने सञ्चालक अधिकारीले बताए । उनले स्थानीय १५ युवालाई रोजगारी दिएको पनि बताए ।

आधुनिक प्रविधियुक्त पम्पले यात्रुहरुका लागि सुविधासम्पन्न शौचालय पनिसँगै सञ्चालनमा ल्याएको छ । लामो समय अष्ट्रेलियामा रोजगारीमा संलग्न अनुभवबाट फर्किएका छोरा मदनको सहयोगमा नयाँ अवधारणा शुरु गरिएको सञ्चालकले बताए ।

jutta mela

कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले आधुनिक प्रविधि र सोचका साथ व्यवसाय शुरु भएकाले यसले सकारात्मक प्रभाव दिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले व्यवसायमा गरिएको लगानीले अरुका लागि पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

राजमार्ग छेउको छ रोपनी क्षेत्रफलमा पम्प, क्याफे र रेष्टुरेन्ट सञ्चालनमा आएको छ । हाल दैनिक १ लाख लिटर र चाँडै नै थप ५० हजार लिटर गरी दैनिक डेढ लाख लिटरसम्म पेट्रोलियम पदार्थ वितरणको क्षमता विस्तार हुने स्टोर्सका परशुराम अधिकारीले बताए ।

You might also like

Comments are closed.