पोखरा, फागुन ४ ।
सवारी साधन चलाउन सिकाउने प्रशिक्षकहरुलाई पोखरामा एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । पोखरा र आसपासका ड्राईभिङ्ग स्कुलमा सवारी चलाउन सिकाउने करिव ६० जना प्रशिक्षकहरु लाई बदलिदो ट्राफिक नियम र फेरीएका यातायात नियमावलीहरुको बारेमा जानकारी दिने उद्धेश्यले ड्राईभिङ्ग स्कुल संघ, गण्डकी प्रदेशकोे आयोजनामा प्रशिक्षण दिईएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिब पाठकले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले दुर्घटनाले मिति तोकेर नआउने भएकाले हरेक पलमा संवेदनशिलता अपनाउन आबस्यक रहेका बताए । नेपालमा अहिले कुनैपनि सडक तिब्र गतिमा सवारी चलाउने खालको नभएको उनको भनाइ थियो । सवारीसाधनले बढी यात्रु बोक्ने परिपाटी नहटाउदा दुर्घटनाको औषत घटाउन नसकीएको उनको भनाई थियो ।
कार्यक्रममा ड्राईभिङ्ग स्कुल संघ, गण्डकी प्रदेशका अध्यक्ष उमेश सि.के.ले अब ट्राफिक सचेतनाको लागि संघले आबस्यक अन्य कार्यक्रमहरु पनि गर्दे जाने बताए । पोखरा महानगरपालिकाका बिभिन्न स्थानमा मानिसहरुलाई पछिल्लो ट्राफिक नियम र दुद्र्धटना कम हुने खालका सचेतना कार्यक्रमको तयारी गरिएको उनले बताए ।ड्राईभिङ्ग स्कुल संघका सस्थापक अध्यक्ष पुरुशोत्तम रेग्मीले बेला बेलामा यस्तका कार्यक्रमहरुको आयोजना गरियो भने प्रशिक्षकहरुलाई पनि ताजगी हुने बताए । अहिले ड्राईभिङ्ग लाईसन्स लिने कुरा ब्यबस्थित नभएकोले अब प्रदेश सरकारले यसलाई बिषेश ध्यान दिन पनि उहाँले आग्रह गरे ।
Comments are closed.