ढुक्क हुनुस्, पोखरामा रंगशाला बन्छ, पोखरालाई खेलकुदको सहर बनाउने उद्घोष

आर्थिक आवाज
पोखरा, १७ फागुन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको सहर घोषणा गर्ने तयारी पूरा भएको बताएका छन् । सहारा क्लब पोखराको आयोजनामा शनिबार पोखरा रंगशालामा आयोजित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको शनिबार समापन कार्यक्रममा बोल्दै उनले भने, ‘पोखरा खेलकुदको सहर बन्न सक्षम छ, हामीले तयारी पनि पूरा गरेका छौं, अब चाँडै पोखरा खेलकुदको सहर भनेर घोषणा हुन्छ ।’ उनले पोखरा पर्यटकीय सहर सँगसँगै खेलकुदको सहरपनि भएको बताए ।

सदस्य सचिव विष्टले पोखरा रंगशाला बन्ने पक्का भएको बताउँदै रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गरे । उनले पोखरा रंगशाला १८ हजार दर्शक क्षमताको हुनेपनि बताए । सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै शुरु हुने बताए । आउँदो चैत २३ गते औपचारिक उद्घाटन भई चैत ३० गते आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुने उनले जानकारी दिए । नेपाल खेलकुदबाटसमेत चिनिन थालेको विष्टले बताए । उनले भने,‘नेपाल सगरमाथाले चिनिदै आएको छ, बुद्ध र लुम्विनीले चिनिदै आएको छ, तर नेपाल खेलकुदबाट पनि चिनिन सक्ने भएको छ, किनकि नेपालको खेलकुद सुधारिएको छ ।’

You might also like

Comments are closed.