तनहुँका सागरले खोले अष्ट्रेलियामा प्राविधिक कलेज

 

तनहुँका सागर लोहनी को स्वामित्वमा अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्राविधिक कलेज ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन खुलेको छ ।

उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ । ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङको समेत छिट्टै अनुमती प्राप्त गरि सन्चालन गरिने लोहनीले बताए । प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।

jutta mela

अधिकांश विद्यार्र्थीो काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसको कोर्स सुरु गरिएको लोहनिले बताए ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ । प्राबिधिक र व्यावसायिक सीप भएका ब्यक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ ।

सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्युयु युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन् । विभिन्न पेशा अपनाउदै हाल आफ्नै ब्यवसायमा होमिएका लोहनी हाल चाल्र्स डार्विन युनिभस्र्टीबाट कानूनमा पनि स्नातकोत्तर अध्ययनरत छन्।् । रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन् ।

 

You might also like

Comments are closed.