तनहुँको अमरज्योति माध्यमिक विद्यालय भवन लायन्सद्वारा निर्माण

तनहुँ, ८ फागुन । तनहुँको व्यास नगरपालिका वडा नं. १२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयको भवन लायन्सले निर्माण गरेको छ । लायन्सले ८ कोठाको भवन निर्माण गरेको हो । बिहीबार एक कार्यक्रमबीच विद्यालयलाई लायन्सले भवन हस्तान्तरण गरेको छ ।

२०७२ मा गएको महाभूकम्पबाट भत्किएका विभिन्न विद्यालयका भवनहरु निर्माण गर्ने अभियानका क्रममा लायन्सले उक्त भवन निर्माण गरेको हो । लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउन्डेसन (एलसिआइएफ) को आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

jutta mela

डिजास्टर रिलिफ रिकन्स्ट्रक्सन कमिटि चियरप्रसन तथा पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरधारी शर्माको सभापतित्वमा तथा लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लामा १८ वटा विद्यालयहरु पुनर्निर्माण भइरहेको पास्ट मल्टिपल काउन्सिल चियरपर्सन गिरधारी शर्माले जानकारी दिए । ४५ करोड रुपैयाँ लागतमा विभिन्न जिल्लामा विद्यालय भवन निर्माण भइरहेको उनले बताए । ‘हालसम्म ८ वटा विद्यालयको निर्माण सकि हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी १० वटा विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल, निबर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर मन रोका, सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य, कोचिफ एडभाइजर राम बसेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.