तनहुँ
तनहुँ जि. पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा आईसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितका लागि जिवनशैली परामर्श योग सङै रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्ने जडिबुटी तथा आयुर्वेद औषधिहरुको पनि प्रयोग गरिने भएको छ ।
तनहुँको आदिकवि भानुभक्त क्याम्पस क्वारेन्टाइनमा राखिएको एक जना पुरुषमा पि. सि. आर.परिक्षण गर्दा पोजेटिभ देखिएपछी दमौली बाट १८ गते जि। पी। कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र शुक्ला गण्डकी ५ बेलचौतारामा आइसोलेसनमा राखिएको छ ।
कोभिड -१९ सम्बन्धि उपचारकालागि प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक व्यवस्थापन सहजीकरण को सन्दर्भमा स्वास्थ्य कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलि सहित पुगेका निर्देशक डा. बिनोद बिन्दु शर्मा, उपचार केन्द्रका नि.कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा.राम प्रमोद मण्डल, वरिष्ठ कविराज निरीक्षक बलभद्र वाग्ले लगात को उपस्थितिमा विभिन्न छलफल गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमित लाई नेपाल सरकार बाट जारि आयुर्वेद एवम् बैकल्पिक चिकित्साबाट कोभिड – १९ रोकथाम एवम् व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ संगको समन्वयमा मनोपरामर्श, योगाभ्यास साथै आयुर्वेद औषधि वितरण गराइने निर्णय भएको आयुर्वेद केन्द्रका प्रमुख डा= राम प्रबोध मण्डलले जानकारी दिए ।
संक्रमित ब्यक्तिमा योगाभ्यास साथै आयुर्वेद औषधिको प्रयोगले रोगप्रतिरोधक क्षमता वढाउने चिकित्सक डा मण्डलले बताए । आयुर्वेदिक औषधिहरुले कुनै नकरात्मक प्रभाव नपर्ने र विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुमा भएका रासायनिक पदार्थमा एन्टी अक्सिडेन्ट, इम्युनोमोडुलेसन साथै एन्टीइन्फलामेटरी गुणहरु देखाएको छ । लाक्षणिक चिकित्सा नै अहिलेको मुख्य चिकित्सा योजना भएकोले आयुर्वेद औषधि एवम् जडीबुटीमा पनि इमर्जेन्सी अवस्थामा बाहेकका माइल्ड मोडरेट केशका लागि सुरक्षित रहेको डा। मण्डलको भनाइ छ ।
यस अघि स्याङ्जा जिल्ला अस्पतालमा रहेका कोरोना संक्रमित हरुमा योग प्राणायाम जडिबुटी एवम् आयुर्वेद औषधिको प्रयोग गरिएको छ । तनहँ जिल्लामा क्वारेन्टाइन मा रहेका व्यक्तिहरुमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक डा. राम प्रबोध मण्डल लगायत स्वास्थ्यकर्मीहरुको टोलि द्वारा तनाव व्यवस्थापन तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि
को लागि योग, ध्यान, दिनचर्या, ब्याक्तिगत सरसफाइ सम्बन्धित सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सँगै आयुर्वेद औषधिहरुको वितरण गरिएको थियो ।
योग र आयुर्वेद सहितको एकीकृत चिकित्साको माध्यमबाट बिरामीहरुको उपचारमा थप प्रभावकारी भइरहेको चिकित्सकहरुको दावी साथै आयुर्वेद एवम् बैकल्पिक चिकित्साबाट कोभिड – १९ रोकथाम एवम् व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम गण्डकी प्रदेशमा आइसोलेसनमा रहने कोरोना संक्रमितहरुमा योग आयुर्वेद र जडीबुटीहरुको प्रयोग सहितको कोरोना रोग व्यवस्थानको लागि आयुर्वेद क्षेत्रका जनशक्तिहरुको परिचालन गरिने स्वास्थ्य निर्देशक डा। बिनोद बिन्दु शर्माले जानकारी दिए ।
कोभिड १९ को संक्रमण र उपचारका सम्बन्धमा आयुर्वेदतर्फ पनि जडीबुटी एवम् आयुर्वेद औषधिहरूको प्रयोग बारे विभिन्न अनुसन्धान भैरहेका छन् । हालसम्म कोरोना भाइरसको लागी कुनै औषधि वा भ्याक्सिन पत्ता लागेको छैन ।
Comments are closed.