‘तनहुँ ऐतिहासिक धरोहर, पर्यटनमा अथाह सम्भावना’

आर्थिक आवाज
तनहुँ । तनहुँ सम्पर्क समाज पोखराले शनिबार आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । तनहुँ ऐतिहासिक धरोहर भएको बताउँदै उनीहरुले पर्यटनमा तनहुँको अथाह सम्भावना रहेको धारणा राखे ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले आफ्नै स्रोतहरुको प्रचारप्रसार गर्न नसकेर पछाडि परेको बताए । तनहुँ ऐतिहासिक धरोहरको रुपमा स्थापित रहेको बताए ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले शुक्लागण्डकीमा भएका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास नै अबको लक्ष्य भएको धारणा राखे । ढोरबाराहीमा देखिने दैविशक्तिको विश्वासले जति पर्यटक भित्र्याउनु पर्ने हो त्यति नसकिएको बताउँदै अबका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको विशेषताको प्रचारप्रसार गर्नुपर्ने बताए ।

jutta mela

शुक्लागण्डकीमा ढोरबाराही मन्दिर, बाजस्थल, बतासेगुफा, चित्रेको स्लेटखानी, चौबीसे राजाको राजधानी रजस्थल, कोट खड्ग कालकिामन्दिर (गुर्दुमकोट), मिलेनियम गुफा, दगामभुजीकोट, तीनखोले मन्दिर, ढोरको फलाम तथा तामाखानी लगायतका ऐतिहासिक र धार्मिक स्थलहरु रहेको उनले बताए । यसक्षेत्रको विकास र संरक्षण मात्र गर्ने हो भने पनि देशलाई नै समृद्ध बनाउन सक्ने भन्दै उनले सबै मिलेर प्रबद्र्धनमा मुख्य भूमिका खेल्नुपर्ने बताए ।

तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले समाजले हिजोका दिनमा दुःखी, असाहाय र विभिन्न दैविक प्रकोपमा परेकाहरुको सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार एवं विकासको महत्वपूर्ण भूमिकामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले यस क्षेत्रमा मेलिनियम पदमार्गको उचित प्रबद्र्धन र व्यवस्थापन नभएको गुनासो गरे । ‘पृथ्वी राजमार्गको आसपासमा रहेर पनि यहाँका पर्यटकीय मुद्दाहरुलाई केन्द्रसम्म पु¥याउनु र संरक्षणमा उचित ध्यान दिन जनप्रतिनिधिको विशेष पहल हुनुपर्छ,’ उनले भने । समाजका महासचिव यामबहादुर सुर्खालीको संयोजनमा भएको कार्यक्रमको आर्थिक संयोजन सदस्य दुर्गाचन्द्र अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.