तिहारमा मालाको १५०, थुंगाको ५

पोखरा । नेपालीको दोश्रो ठूलो चाँड तिहारमा यस वर्षपनि मूलको मूल्य अघिल्लो वर्षकै कायम हुने भएको छ । यस वर्ष अघिल्लो वर्षजस्तै फुलको मालाको मूल्य सरदर एक सय पचास रुपैयाँ पर्ने भएको हो ।

नेपाली फुलको मालाको मूल्य एक सय रुपैयाँदेखी एक सय पचास पर्ने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले बताए । फुलको एउटा थुंङ्गाको खुद्रा मूल्य ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए । होलसेल मूल्य भने ३ रुपैयाँ तोकिएको छ । एउटा मालामा नेपाली फुल ३० देखी ३५ थुङ्गा उनिने भएकाले त्यसको मालाको मूल्य एक सय ५० सम्म पर्ने तर थुङ्गा कम भएको माला एक सय रुपैयाँसम्ममा पाइने उनको भनाई छ ।

भारतीय फुलको माला भने ३० देखी ५० रुपैयाँको हाराहारीमा पर्ने द्वाले बताए । भारतीय फुलको थुङ्गा सानो हुने भएकाले मूल्य सस्तो भएको हो ।

jutta mela

पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्ष सो रकम बराबरको फुलको आवश्यक पर्ने भएको हो । पर्यटकीय नगरी पोखरा कास्कीको सदरमुकाम मात्रै नभएर गण्डकी प्रदेशको राजधानी पनि हो । त्यसैले यहाँ स्थानिय मात्रै नभएर कास्की बाहिरका मानिसहरुकोपनि बाक्लो बसोबास रहेको छ । सोहि कारण यहाँ फूलको मागपनि बढ्दो क्रममा रहेको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीले जनाएको छ ।

पोखरामा आवश्यक माग अनुसारको फूल जोहो गरेर राखिएको एशोसियसनकी अध्यक्ष सितामाया रानाले जानकारी दिइन् । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फुलको जोहो गरिएको उनले बताइन् । उनका अनुसार पोखरामा व्यवसायीहरुले तिहारका लागि भनेर फूल रोपेका छन् । जुन फूल अहिले फुलेर ढकमक्क भएको छ । त्यसका अलावा पोखरेली किसानहरुले पनि सँधै झैं यस वर्षपनि सिजनल फूल लगाएका छन् । उनीहरुले तिहारे फूल (सयपत्री) खेतबारीमा लगाएका हुन् ।

हाल पुष्प ब्यबसायीले भन्दा कृषकले फुलको खेती बढी गर्छन् । पुष्प ब्यबसायीले तिहारे फुल भन्दा अन्य फुललाई प्राथमिकतामा राखेर काम गर्ने भएकाले यस्तो भएको हो । यद्यपि, पुष्प ब्यबसायीले पनि तिहारे फुल उत्पादन गर्दै आएका छन् । मौषम राम्रो भएकाले माग अनुसार फूल उत्पादन भएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार दयाकुमार द्वाले बताए । उनले भने, ‘यस वर्ष फूल राम्रै उत्पादन भएको छ, मौषम राम्रो भएकालेपनि फूल उत्पादन राम्रो हो ।’ पानी धेरै परेको समय केहि फूलहरुमा डढुवा र बोट मर्ने समस्या आएपनि फूल उत्पादन नघटेको उनले दाबी गरे ।

पोखरामा मागको ८० प्रतिशत स्थानिय रुपमै उत्पादन हुने गरेको छ । करीब २० प्रतिशत भने भारतबाट आयात हुने गरेको पूर्व अध्यक्ष द्वाले बताए । जति गरेपनि भारतबाट फूल आयात हुन नरोकिएको उनको भनाई छ । भारतीय फूलको थुंगा सानो भएको र हेर्दैपनि नराम्रो देखिने भएकाले स्वदेशी भन्दा भारतीय फूल सस्तो हुँदा त्यसको किनबेच नरोकिएको उनले बताए । पोखरामा स्याङ्जा, तनहुँ, वागलुङ, गोर्खा, धादिङ, काठमाडौंलगायत जिल्लाबाट फूल आउने गर्दछ ।

You might also like

Comments are closed.