तीनवटा जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । तीनवटा जीबन बीमा कम्पनीहरुको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडले आज एक विज्ञप्ति जारी गर्दै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिडेटको दोस्रो बजार कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।

यी तीनै कम्पनी एक आपसमा गाभ्ने भएपछि मर्जर प्रयोजनका लागि दोस्रो बजारमा कारोबार रोकिएको हो । बीमा समितिले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न निर्देशन दिएपछि तीन जीवन बीमा कम्पनीहरुबीच मर्जर हुने सम्झौता भएको थियो ।

 

You might also like

Comments are closed.