‘अधिकांश ग्राहकको रोजाइ नेक्सन र एच फाइभ’

तेजराज बास्तोला
प्रवन्ध निर्देशक, दीप मोटर्स प्रालि, पोखरा

टाटाका साना गाडीहरुका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता हो दीप मोटर्स प्रालि । पछिल्लो समय टाटाले नयाँ बहुप्रतिक्षित गाडी एच फाइभ पोखरा सहित देशभरको बजारमा भित्र्याएको छ । टाटाको नेक्सन, टियागो, टिगोरलगायतका मोडलहरु पनि बजारमा बिक्री भइरहेका छन् । टाटाका यी गाडीहरुको माग, विशेषता लगायत बारेमा केन्द्रित रहेर प्रालिका प्रवन्ध निर्देशक तेजराज बास्तोलासँग आर्थिक आवाजले गरेको कुराकानीः

टाटा कम्पनीका कुन–कुन मोडलहरु बजारमा आएका छन् ?

अहिले आएको सबैभन्दा लेटेस्ट भनेको एच फाइभ हो । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ नेपाली बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । एच फाइभ गाडीसँगै टाटाको नेक्सन, टियागो, टिगोरलगायतका मोडलहरु पनि बजारमा छन् ।

jutta mela

ग्राहकको रोजाइमा कुन गाडी पर्छन् ?

धेरैजसो ग्राहकले एच फाइभ र नेक्सन गाडी रोज्छन् । एच फाइभ नयाँ गाडी हो भने पुरानोमा नेक्सन पनि ग्राहकको रोजाइमा परेका छन् ।

एच फाइभ र नेक्सन नै रोज्नुको कारण के होला ?

एच फाइभमा ल्याण्डरोभर र ज्याकवार छ । जुन ग्राहकको रोजाइमा परेको छ । यसलाई ग्राहकले राम्रो भन्दै मन पराएका छन् । ल्याण्डरोभर र ज्याकवारका कारण एच फाइड टाटाको बेष्ट हो भन्ने भएको छ । यसमा लेटेस्ट अप्सन छ । इञ्जिन राम्रो छ ।

एच फाइभ र नेक्सनको लक्षित समूह कुन हो ?

एच फाइभ अलि महंगो छ । यो सौखिनहरुका लागि ल्याइएको हो । यो गाडीमा डाक्टर, इञ्जिनियर, उद्योगी, व्यवसायीसहित धनीहरुका लागि भनेर बजारमा ल्याइएको हो । नेक्सन सबै लेवलका लागि उपयुक्त छ । विशेष गरेर युवा समूहलाई लक्षित गरेर ल्याइएको र रोजाइ पनि उनीहरुकै छ यो गाडीमा ।

मूल्यचाहिं कति कति पर्छ यी गाडीहरुको ?

टाटाका गाडीहरु सस्तोमा सस्तो र महंगोमा महंगो दुबै छन् । हामीसँग टाटाको २१ लाख ५५ हजार रुपैयाँदेखि ९१ लाख ५५ हजार रुपैयाँसम्मका गाडीहरु छन् । जस्तो टियागो २१ लाख ५५ हजार पर्छ भने हेक्जा गाडीको ९१ लाख ५५ हजार मूल्य पर्छ । एच फाइभ कारको ५६ लाख ५५ हजार रुपैयाँदेखि ७४ लाख ५५ हजार, नेक्सनको ३५ लाख ९९ बाट ४९ लाखसम्मको गाडीहरु छन् ।

गाडी चढ्नेलाई कुन गाडी चढ्न सुझाव दिनुहुन्छ ?

म गाडी चढ्नेलाई नेक्सन गाडी चढ्न सुझाव दिन्छु । यो गाडी सुरक्षित छ । भारतको सबैभन्दा सुरक्षित (सेफेस्ट) गाडी भनेर नेक्सनलाई चिनिन्छ । त्यस्तै एच फाइभ पनि राम्रो छ । यो गाडी नेपालको बाटो सुहाउँदो ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । पहिले पहिले टाटा भनेको बलियो हुन्छ तर लक्जरियस होइन भन्ने थियो । तर अहिले टाटामा पनि अप्सन बनेको छ । टाटाको एच फाइभ लक्जरियस पनि छ । सुरक्षित (सेफ्टी) पनि छ ।

अरु गाडी छाडेर टाटा गाडी चढ्नेहरु पनि हुन्छन् ?

हुन्छन्, हुन्छन् । एक्सचेञ्जको बेला धेरैले अन्य कम्पनीका पुराना गाडी ल्याएर टाटाको नयाँ गाडी लैजान्छन् । एक्सचेञ्जलाई टाटाले पनि प्राथमिकता दिएर अन्य कम्पनीका गाडीको उचित मूल्य दिने अनि टाटाको नयाँ गाडी ठीक मूल्यमा बेच्ने गर्छौं । अरु गाडी दिएर टाटा लैजान्छन भने त्यसलाई हामी मुख्य प्राथमिकतामै राख्छौं ।

टाटामा दशैं अफरचाहिं के छ ?

टाटामा साढे २ लाखदेखि ३ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट छ । क्यास डिस्काउन्ट नलिनेलाई सिंगापुर टुर गराउँछौं । सिंगापुर टुर जोडीलाई नै लैजाने अफर छ । ६५ इन्चको टिभी, वासिङमेसिन, माइक्रो वेव ओभन पनि उपहार छ ।

You might also like

Comments are closed.