त्रि. वि. लायन्स रक्त सञ्चार केन्द्रको भवन क्वारेन्टाइनका लागि हस्तान्तरण

काठमाडौं । त्रि. वि. लायन्स रक्त सञ्चार एवं अनुसन्धान केन्द्रको भवनमा क्वारेन्टाइन बनाइने भएको छ । संसारभर फैलिएको कोरोना महामारीको उच्च जोखिममा नेपालसमेत परेपछि उक्त २ तले भवन क्वारेन्टाइनका लागि सरकारलाई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ ले नेपालका ४ वटा डिष्ट्रिक्टहरुको सहभागितामा उक्त भवन बनाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई भवनको साचो हस्तान्तरण गरिएको लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले जानकारी दिए ।

सामाजिक भावनाका साथ स्थापना गरिएको रक्तसञ्चार केन्द्रको भवन अहिलेको विषय परिस्थितिमा राज्यलाई सहयोग गर्नु राम्रो निर्णय भएको लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर ईन्दु लम्सालले बताइन् ।

You might also like

Comments are closed.