काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४१ हजार ७ सय ६ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.