थप ३ जनामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्र्षीय महिलामा कोरोना देखिएको हो ।

कैैलालीका संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

You might also like

Comments are closed.