दमौलीमा छुट्टाछुटै कार्यक्रम गरी अन्तराष्ट्रिय श्रमिक दिवस मनाइयो

तनहुँ, १८ बैशाख
१३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस बुधवार दमौलीमा छुट्टाछुटै कार्यक्रम गरी मनाइएको छ । नेकपा निकट नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) व्यास नगर र कांग्रेस निकट नेपाल टे«ड युनियन कांग्रेस तनहुँले छुट्टाछुटै कार्यक्रम गरी श्रमिक दिवस मनाएका हुन् ।

दिगो विकासका लागी मर्यादित रोजगारी, समृद्ध लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित नेपाल टे«ड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री शंकर भण्डारीले मजदुरको एकता र हकहितको लागी महामानव विपि कोइरालाको योगदानको स्मरण गर्दै सोही अनुसार नेपाली कांग्रेसले मजदुर दिवसलाई उच्च मान्यताका साथ मान्दै आएको बताए ।  मजदुरहरु संगठीत हुन सके मात्रै आफ्ना हकहित मजबुत हुनेमा भण्डारीको जोड थियो ।

कार्यक्रममा संविधान सभाका पूर्व सदस्यहरु रामचन्द्र पोख्रेल, झुलबहादुर आले, नेपाली कांग्रेसका सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले, गण्डकी प्रदेश सभा सदस्य दोवाटे विक, महिला संघ तनहुँकी अध्यक्ष पवित्रादेवी पौडेल लगायतले बोलेका थिए । कार्यक्रम टे«ड युनियन कांग्रेसका सभापति सुर्यचन्द्र हड्खलेको सभापतित्वमा सम्पन्न भएको थियो । यसअघि टे«ड युनियन कांग्रेस सम्बद्र्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विभिन्न नारा लगाउदै बाजागाजा सहित बजार परिक्रमा गरेका थिए ।

jutta mela

त्यस्तै गरी नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) व्यास नगर कमटी तनहुँले ‘सबै श्रमिक र रोजगार दातालाई आव्हान, सामाजिक सुरक्षामा सुचिकरण हाम्रो अभियान’ भन्ने नारा सहित श्रमिक दिवस मनाएको छ । दिवसको अवसरमा जिफन्टले दमौलीको र्याली निकालेको थियो ।

र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले सरकार मजदुरको पक्षमा रहेको बताए । मजदुरहरुको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । मजदुरहरुलाई आईपर्ने कुनैपनि समस्या समाधान गर्न र उनीहरुको अधिकार स्थापित गर्न आफ्नो पार्टी लागी परेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका नेता बिष्णुभक्त सिग्देल, नेकपा व्यास नगर कमटीका अध्यक्ष श्रीराम कार्की, रामेश्वर ढकाल लगायतले मजदुरकै कारण राजनितिक आन्दोलन पुरा भएको चर्चा गर्दै आफ्ना माग पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम नगर कमटीका अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.