दमौलीमा ब्यास डाईग्नोस्टिक ल्याबोरेटोरी शुभारम्भ

तनहुँ, २० चैत
तनहुँको दमौलीमा ब्यास डाईग्नोस्टिक ल्याबोरेटोरी ( बि.डि.एल) प्रा.लिले सेवा शुभारम्भ गरेको छ । जिल्लामै उत्कृष्ट प्रविधिद्वारा रक्त परीक्षण सेवाको अभाव खड्किएकाले जनतालाई छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य स्थाीय युवाहरु मिलेर उक्त ल्याबोरेटरी सञ्चालन गरिएको अध्यक्ष सुरेश तिमल्सिेनाले जानकारी दिए ।

ब्यास–३ निमचोक स्थित सञ्चालन गरिएको उक्त प्रयोशलाको बुधबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्दै रगत परीक्षणका लागी जिल्ला वाहिर जानु पर्ने बाध्यता अन्त्य भएको चर्चा गर्दै जनविश्वास जित्नका लागी गुणस्तरीयतामा विशेष ध्यान आग्रह गरे ।  त्यस्तै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले युवाहरुले आफुले सिकेका सीप आफ्नै ठाँउमा प्रयोग गर्नु उदाहरणीय कार्य भएको बताए ।

करीव ८० लाखको लगानीमा ३ जना युवाहरुले प्रयोगशाला सन्चालनमा ल्याएको प्रवन्ध निर्देशक पेसल अभिनय पन्थले जानकारी दिए । पन्थका अनुसार सो ल्यावमा सामान्य चेकजांचदेखि विशेष प्रकारका बिरामीहरुका लागी आधुनिक प्रविधियुक्त प्रयोगशालामा आधुनिक उपकरण सहित दक्षा जनशक्तिको समेत व्यवस्थापन गरिएको छ ।  प्रयोगशालामा थाइराइड परिक्षण, भिटामिन परिक्षण, रगतको कल्चर, मुटु, मृगौला, कलेजो र फोक्सोको रगत परिक्षण, बाझोपन परिक्षण लगायतको सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।

उद्घाटनको अवसरमा आज करिब ८ सय जनाले निशुल्क रक्क्त परिक्षण तथा स्वास्थ्य सेवा लिएको प्रशासकीय प्रमुख अस्मिता विकले जानकारी दिइन ।
कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रो.अमर नागिला, जिपि कोइराला स्वास्थ्य प्रतिष्ठानका प्रमुख डा. रामकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायत राजनैतिक व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो

You might also like
Ram Tulasi Palpa

Comments are closed.