दमौलीमा विश्व वन्यजन्तु दिवस मनाइयो

तनहुँ,१९ फागुन
गैरसहकारी समन्वय समिति तनहँुको आयोजनामा आइतबार दमौलीमा विश्व वन्यजन्तु दिवस मनाईएको छ । ‘पाँचौं चोरी शिकार नियन्त्रण राष्ट्रिय युवा जागरण अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद सरिता गुरुङले यस अभियानले वन्य जन्तुको चोरी शिकार नियन्त्रणमा सहयोग पुग्ने बताइन् । तनहँुमा वन्यजन्तुको चोरी शिकारी नभएता पनि तनहुँको मार्ग हुदैं वन्यजन्तु चोरी गरि लैजाने गरेको र त्यसको रोकथाम गर्नुपर्नेमा गुरुङले जोड दिइन् ।

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले समाजमा कतै चोरी सिकारी भएमा प्रशासन लाई सुचना प्रदान गरि अपराधिलाई कारबाहि गरिने बताए ।  व्यास नगरपालिका प्रमु वैकुण्ठ न्यौपानेले व्यास नगरपालिका भित्र रहेको गैरसहकारी संस्थासँग समन्यव गरि अगाडी बढ्ने बताए । वन्यजन्तु चोरी सिकार अपराध भएकाले यो कार्य न्युनिकरणमा सबै लाग्नुपर्ने उनको धारणा थियो ।  जिल्ला समन्वय समिति तनहँुकी उप–प्रमुख पवित्रा पौडेले चोरी सिकारी नियन्त्रणमा सबैको भूमिका महत्वपुर्ण रहेको बताइन्

कार्यक्रममा तनहँुको १० वटै स्थानिय तहबाट सहभागिता रहेको थियो । हामी बाचौं वन्यजन्तु बचाऔ, सक्छौ संरक्षण गर सक्दैनौ हानि नगर भन्ने नारा लिखित प्लेकार्ड सहित ¥यालीमा निकालिएको थिए । कार्यक्रम गैरसरकारी संस्था समन्वय समिति तनहँुका अध्यक्ष प्रताप सिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.