देशभरका विद्यालयमा नर्स अनिवार्य, आधारभूतमा स्टाफ नर्स र माध्यमिकमा बिएन

काठमाडौं, २५ मंसिर । सरकारले देशभरका निजीसहितका सबै विद्यालयमा नर्सको दरबन्दी अनिवार्य गर्दै पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा देशभरका सामुदायिकसँगै निजी विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाइसक्दासमेत आवश्यक बजेटको भने व्यवस्था गरिएको छैन । निजीले आफ्नै तथा सामुदायिकले सरकारी स्रोतमा नर्स नियुक्त गर्ने प्रावधान राखिए पनि बजेट भने बिनियोजन भएको छैन ।

You might also like

Comments are closed.