द हबी अटो ट्रेडिङले नेपालमा भित्र्यायो ‘एक्सट्रिम ब्याकहो लोडर’

 

काठमाडौं – नेपाली बजारमा एक्सकट्र्स कम्पनीको ‘एक्सट्रिम ब्याकहो लोडर’ भित्रिएको छ ।

भारतीय कम्पनी एक्सकट्र्सको नेपालका लागि आधिकारिक विक्रेता द हबी अटो ट्रेडिङ कम्पनीले सो लोडर नेपाली बजारमा भित्र्याएको हो । यसको मूल्य ४१ लाख २० हजार रुपैयाँ तोकिएको छ । सो लोडर सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायतका पूर्वाधार निर्माणमा अति उपयोगी हुने दावी गरिएको छ ।

jutta mela

यसको खरिद गर्दा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा लिन पाउने व्यवस्था पनि गरिएको कम्पनीका प्रबन्ध निर्देशक उमेश मानन्धरले जानकारी दिए । सुरुवातमा सो लोडर खरिद गर्ने एक जनालाई थाइल्याण्ड भ्रमणको स्किम दिइने जानकारी पनि गराइएको छ ।

कम्पनीले न्यून इन्धन खपत गर्ने भएकाले सो लोडर नेपाली बजारमा अति उपयोगी हुने विश्वास पनि गरेको बताएको छ ।

You might also like

Comments are closed.