काठमाडौं । धितोपत्रको दोस्रो बजार कारोबार आज १३ मिनेट बन्द भएको छ । बिहान ११ बजेदेखि ११ः१३ सम्म दोस्रो बजार कारोबार बन्द भएको थियो । १३ मिनेट कारोबार बन्द भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गर्दै क्षमा मागेको छ । टिएमएसमा पुरानै डाटा देख्दा लगानीकर्ताहरू भने केही बेर अन्योलमा परेका थिए ।
‘आज मिति २०७९/०२/०३ गते प्राविधिक कारणले धितोपत्रको दोस्रो बजार कारोबार बिहान १३ मिनेट (११ बजेदेखि ११ः१३ बजेसम्म) संचालन हुन नसक्दा लगानीकर्ताहरुमा पर्न गएको असुविधा प्रति नेपाल स्टक एक्सचेन्ज क्षमा प्रार्थी छ’- नेप्सेद्वारा जारी सूचनामा भनिएको छ ।
Comments are closed.