नक्कली प्रहरी बनेर यसरी ठगे जीवनले, कस्तो होला त कार्बाही ?

आर्थिक आवाज
पोखरा, १३ पुस । नक्कसी प्रहरी बनेर विभिन्न व्यक्तिहरुसँग नगद असुल्दै आएका जीवन गुरुङ पक्राउ परेका छन् । कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई उनले नक्कली प्रहरी बनेर ठग्दै आएको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ भनेर उनले विभिन्न व्यक्तिहरुवाट नगद तथा जिन्सी सामान असुल्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्र.स.नि. सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडांैको गोंगवु बसपार्क पक्राउ गरेको हो । लम्जुङ मस्र्याङदी गाउँपालिका वडा नम्वर १ घर भई हाल पोखरा महानगरपालिका बडा नं १५ काजिपोखरी वस्ने वर्ष २८ वर्षीय गुरुङलाई थुनामा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धान प्रश्चात खुल्न आएका तथ्यहरु (प्रहरीका अनुसार)
– हालसम्म २९ जना व्यक्तिहरुवाट ८१ लाख ८५ हजार ४ सय ९ रुपैयाँ उठाएको ।
– यस्ता कार्यहरु विगत डेढ वर्षदेखि गर्दै आएको भन्ने बुझिएको ।
– कहिले जिल्ला प्रहरी कार्यालय कास्कीको सिआइडी र कहिले राष्ट्रिय अनुसन्धाको स्टार्फ भनि ठगी गर्ने गरेको ।
– सो बाहेक कसैलाई सरकारी जागिर लगाउने प्रलोभन देखाई त कसैलाई गाडीको व्यापार गर्ने भनि ठगी गरेको ।
– पोखरा तथा काठमाडौंबाट भाडामा कारहरु लिई प्रहरीको काममा हिडेको भनि ठगी गरेको ।
– निजको वयानको आधारमा उक्त रकम पोखरा तथा काठमाडौंका डिस्को विलासिताका लागि सकेको भन्ने खुलाएको ।

lcci
You might also like

Comments are closed.