काठमाडौं । नबिल बैंकले ‘फिक्स डिपोजिट’मा ९ प्रतिशत ब्याज दिने भएको छ । फिक्स डिपोजिट गर्ने सबै व्यक्तिगत ग्राहकहरुलाई बैंकले ९ प्रतिशत ब्याज दिने गरी ‘फिक्स डिपोजिट अफर’ ल्याएको हो ।
कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिमा ग्राहकहरुको साथमा बैंक छ भन्ने सन्देश दिन यो अफर ल्याइएको बैंकका दायित्व व्यवस्थापन एवं सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए ।
फिक्स डिपोजिटको समय १३ महिनादेखि २ वर्षसम्म रहने बैंकले जनाएको छ । आफूसँग भएको रकम बैंकमा राख्न चाहने ग्राहकलाई यो अफरले टेवा पुग्ने बैंकले विश्वास लिएको छ । दसैंको शुभकामना दिदै बैंकले यो अफर सार्वजनिक गरेको हो ।
Comments are closed.