नाकाबन्दीमा म्याऊ गर्न नसक्ने देउवा अहिले ढाडे बिरालो बनेर कुर्लिन खोजेः मन्त्री बास्कोटा

सन्देश श्रेष्ठ
पोखरा, ८ मंसिर । सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुल बास्कोटाले नाकाबन्दीमा म्याउ गर्न नसक्ने देउवा अहिले आएर ढाडे बनेर कुर्लिन खोजेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार विहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देउवा चुनावलाई लक्षित गरेर ढाडे बिराले बन्न खोजेको उनको भनाई छ ।

‘हाम्रो भाषा लर्बरिदैन देशभक्तिको प्रश्नमा,‘उनले भने,‘नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्नेले अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’ उनले सर्बदलीय बैठकमा ऐतिहासिक सहमति जुटेको दृष्टान्त दिदै त्यतिबेला असन्तुष्टी नजनाएका देउवाले चुनावी मसलाका रुपमा पोखरामा भाषण गर्नु अचम्म र उदेकलाग्दो भएको बताए ।

सर्बदलीय बैठकमा कसैकोपनि असहमति थिएन, ‘उनले भने, ‘दुईवटा बाटा मात्रै औंल्याइएको थियो, त्योभनेको एउटा कुटनीतिक र अर्को राजनीतिक बाटोबाट समाधान खोज्नपर्ने भन्ने छ ।’ एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय भएको बताए ।

jutta mela

मन्त्री बास्कोटाले राष्ट्रियताको विषयलाई सस्तो टिप्पणी गरेर जनता विभाजित गर्न खोजेको आरोप लगाएका छन् । उनले कालापानीका विषयमा देउवाले सस्तो टिप्पणी गरेर जनता विभाजित गर्न खोजेको आरोप लगाएका हुन् । यो राष्ट्रभक्तिको मुद्दा हो, यसमा कुनै दल हुँदैन,‘उनले भने,‘यसमा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कालापानीबारे सस्तो टिप्पणी गर्नु दुःखद कुरा हो, यसप्रति म खेद व्यक्त गर्दछु ।’ चुनाव आउँछ, जान्छ,‘उनले थपे,‘तर उहाँले धैर्यता गुमाउन हुन्थेन, राष्ट्रियताको विषय हो, मैले विश्वास गर्न नपरोस्, यदी देउवाजीले यस्तो भनेकै हो भने सबैभन्दा ठूलो क्षेति श्रीदेउवाले बेहोर्नुपर्छ, यो कांग्रेसका लागि धब्बा हुनसक्छ ।’

आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ,‘उनले भने,‘जनता सबैलाई थाहा छ, भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोल्यो ।’ यसरी यसअघी कुनैपनि बहालवाला प्रधानमन्त्रीले बोल्ने आँट नगरेको उनले दाबी गरे ।

मन्त्री बास्कोटाले सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत नभएको बताए । सरकार त्यति कमजोर छैन,‘उनले भने,‘आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन, वार्ता र सम्बादबाटै ।’ हामीलाई अरु कसैको एक इन्च जमिनपनि चाहिएन,‘उनले भने,‘तर हाम्रा पुर्खाले रगत बगाएर विरताका साथ जे जति हिजोको जमिन जोगाएर राखेका छन्, त्यो जमिनमाथि अरु कसैको हस्तक्षेप वा त्यसप्रतिको अतिक्रमण हाम्रालागि स्वीकार्य छैन ।’

देउवाले झूठा आरोप लगाईरहँदा गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ देउवा र उनको पार्टी कांग्रेसले दिनुपर्ने बताए । यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि–सम्झौताका बेलामा देउवाले आत्मसर्पण गरेकोसमेत उनले आरोप लगाए । ‘टनकपुर सन्धि हामीले बिर्सिएका छैनौं, जसलाई सर्वोच्च अदालतले सच्याउनुर्पयो,’ उनले भने, ‘त्यो सन्धिप्रति शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सम्मानित अदालतले पनि गलत हो भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ?।’ उनले नालापानी नभई कालापानी मागेकाले भारतले सहजै दिनुपर्ने बताए । जनगणनादेखि मालपोत र पानीपोतसम्म सबै नेपालमा भइरहेकाले कालापानी, लिम्पीयाधुरा र लिपुलेक नेपालको भएको पुष्टी हुने जिकिर गरे ।

मन्त्री बास्कोटाले प्रतिपक्षी कांग्रेसले सरकारलाई काम गर्न नदिन गाँठो कसेको कस्यै गरिरहेको आरोप लगाए । संबैधानिक परिषदमा कुनै एकजनाले असहमति जनाउने वित्तिकै निर्णय गर्न नपाउने नियमका कारण अप्ठेरो परेकाले विधेयक ल्याउन लागेको उनले बताए । सँधै सहमति जुट्छ भन्ने हुँदैन,‘उनले भने,‘अनि सहमति नजुटेको अवस्थामा सँधै बन्धक बनाइरहन हुँदैन भनेर बहुमतले निर्णय गर्नसक्ने गरी विधेयक ल्याउन लागेका हौं ।’ उनले आम सञ्चार ऐनपनि बनिरहेको जानकारी गराए । सोसल साइट र मूलधारको पत्रकारिता छुट्याउनेगरी विधेयक ल्याउन लागेपनि बताए ।

मन्त्री बास्कोटाले नेपालमा निरंकुशताको न पनि आउन नसक्ने ठोकुवा गरे । ‘नेपालको प्रजातन्त्र यति अगाडि बढिसक्यो कि त्यहाँ निरशंकुशताको न पनि आउन सक्दैन,’ उनले भने ।

You might also like

Comments are closed.