नाट्टाको फाम टुर पोखरा–कोरला

 

पोखरा, ९ जेठ

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा यहि जेष्ठ ११ देखि फाम टुर हुने भएको छ । पर्यटन प्रवद्र्धनको उद्येश्य सहित नाट्टाले सन् २००४ देखि शुरु गरेको फाम टुर यसपटक पोखरादेखि मुस्ताङको कोरला र कोरलादेखि पोखरासम्म हुने भएको छ ।

jutta mela

पाँचदिने अवलोकन भ्रमणमा नाट्टा गण्डकी प्रदेश संघमा आवद्ध सदस्यहरु,नेपाल पर्यटन बोर्ड, बिभिन्न पर्यटकिय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकार सहित ३८ जनाको सहभागीता रहने नाट्टाले जनाएको छ ।

टोलिले बाग्लुङ, म्याग्दी र मुस्ताङको लोमाङथाङमा अन्तक्रिया, भेटघाट तथा पत्रकार सम्मेलन गर्नेछ । त्यस्तै भ्रमणका क्रममा स्थानिय जनप्रतिनिध सरकारी निकाय तथा सम्बन्धित व्यबसायीहरु संग छलफल गरिने नाट्टा गण्डकीद्वारा प्रेशित प्रेश विज्ञप्तीमा जनाइएको छ ।

‘भ्रमणले गण्डकी प्रदेशको प्रर्यटन प्रबद्र्धन र प्रदेश सरकारले घोषण गरेको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा नाट्टा गण्डकी प्रदेशले विश्वास लिएको छ’–महासचिव हरिराम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.