नाट्टामा सञ्जयकान्त प्यानलको वर्चश्व, सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता

आर्थिक आवाज
पोखरा । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको नयाँ नेतृत्वमा सञ्जयकान्त सिग्देलको प्यानलको वर्चश्व भएको छ । अध्यक्षमा सिग्देलसहित सम्पूर्ण प्राय पदाधिकारी र सदस्यमा उनको प्यानल विजयी भएको हो ।

शनिबार पोखरामा सम्पन्न २५औं साधारणसभा तथा ११औं अधिवेशनमा भएको निर्वाचनका क्रममा सिग्देलले अर्का उम्मेदवार झवी अधिकारीलाई २० मतले पछाडि पारे । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खसेको छ ।

व्यवसायीको माया प्राप्त गरी विजयी हुन पाउँदा खुसी लागेको बताउँदै सिग्देलले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । पोखरा पर्यटन बसपार्कलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ । ‘यो जित व्यवसायीको हो,’ उनले भने ।

jutta mela

सबैभन्दा बढी मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । १ सय ८ मत ल्याउर विजयी हुन पाउँदा निकै खुसी लागेको अधिकारीले बताए । अर्का प्रतिस्पर्धी सुवास भण्डारीले ५१ मत ल्याएका छन् ।

द्वितीय उपाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् उनले १०० मत ल्याउँदा प्रतिस्पर्धी नेत्रपाणि भण्डारी (बाबुराम) ले ६१ मत प्राप्त गरेका छन् । महासचिवमा कमला गिरी विजयी बनिन् । उनको पक्षमा ८७ मत खस्दा कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।

सचिवमा संगीता पौडेल विजयी भएकी छन् । उनको पक्षमा ८७ मत प्राप्त भएको छ भने प्रतिस्पर्धी चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी विश्वराज आचार्यले ७४ मत प्राप्त गरेका छन् ।

सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । सदस्यमा सुवाष पहारी (११३ मत), ताराप्रसाद गौतम (१०४ मत), सन्दिप श्रेष्ठ (१०० मत), सुशीला सिग्देल (८६ मत), खिम बहादु नेपाल (८० मत) विजयी भएका छन् । सहकोषाध्यक्ष नवराज भण्डारी, सदस्य सुशील सिग्देल र खिमबहादुर नेपाली मात्रै झवी अधिकारीको प्यानलबाट जियी भएका हुन् । १५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ । नाट्टामा १ सय ८१ जना सदस्य छन् । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।

You might also like

Comments are closed.