निर्माण व्यवसायीको मनोवृत्तिका कारण नेपाल बनेन : मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण व्यवसायीको मनोवृत्तिका कारण विकासको बाटोमा नेपाल लम्किन नसकिरहेको आरोप लगाएका छन् । मदन भण्डारी फाउण्डेसन जिल्ला कार्य समिति कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘समृद्धि र यसका चुनौति’ विषयक बिचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अधिकांश निर्माण व्यवसायीको मनोवृत्तिका कारण समस्या आइपरेको छ, ‘उनले भने, ‘ठेक्का परेर पाएको पेश्की निर्माण व्यवसायीहरुले घडेरी किन्नेदेखि अन्य आयोजनाको ठेक्कामा लगाउँछन्, यसले गर्दा अधिकांश आयोजनाहरु समयमा सकिदैनन्, धेरैजसो त अलपत्र नै पर्छन् ।’ उनले निर्माण व्यवसायीलाई कार्वाही गर्न थाल्यो भने एकजुट भएर सरकारबिरुद्ध जाईलाग्ने गरेको भन्दै यसबिरुद्धपनि जनताले आवाज उठाउनुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले पश्चिमा देशहरुले नेपाललाई एसियन रणनीतिको प्ले ग्राउण्ड बनाउन खोजेको आरोप लगाएका छन् । उनले एसियामा उदाउँदो अर्थतन्त्रको बिरुद्ध पश्चिमा देशहरुले बनाएको एसियन रणनीति सफल बनाउनका लागि नेपाललाई प्ले ग्राउण्ड बनाउने प्रयासमा रहेको बताएका हुन् । कुनै समय युरोप विश्व अर्थतन्त्रको केन्द्र थियो, अहिले अमेरिका त्यसको केन्द्र बनेको छ,‘उनले भने,‘बिस्तारै विश्व अर्थतन्त्रको केन्द्र्र चीन र भारत बन्ने दिशामा छन्, यदि चीन र भारत विश्व अर्थतन्त्रको केन्द्र बन्यो भने त्यो लामो समय टिक्छ, किनकि जहाँ जनसंख्या धेरै छ त्यहाँ अर्थतन्त्र दिगो रहन्छ, त्यसैले यी दुई देशलाई विश्व अर्थतन्त्रको केन्द्र हुन नदिन पश्चिमाहरुले एसियसन रणनीति बनाएका छन्, त्यसको प्ले ग्राउण्डका रुपमा पश्चिमाहरुले नेपाललाई बनाउने प्रयास गरिरहेका छन् ।’

jutta mela

पश्चिमा देशहरुले नेपाललाई प्ले ग्राउण्ड बनाई राख्नका लागि आर्थिक सहयोग अन्य देशको तुलनामा धेरै गर्नेगरेकोपनि उनले दाबी गरे । उनले पश्चिमाहरुले दिएको अनुदानमा आधारित कार्यक्रमहरु अधिकारमुखी मात्रै भएको आरोप लगाए । उनीहरुले कहिल्यै कर्तव्यमूखी कार्यक्रम नल्याएको र त्यो खालको चेतना नेपाली जनतालाई दिनै नचाहेको जिकिर गरे ।

मुख्यमन्त्री पोखरेलले दुई तिहाईको सरकारले चाहेजति काम गर्न नसक्नुको कारणको खोजी गर्नुपर्ने बताए । दुई तिहाईको सरकारले जति काम गर्नुपर्ने हो त्यति गर्न सकेको छैन वा गर्न दिइएको छैन,‘उनले भने,‘अब त्यसको खोजी गर्नुपर्छ ।’ उनले सरकार आलोचनाबाट डराउनुपर्ने कारण नरहेको बताए । राम्रो काम गर्दा आलोचना हुने भन्दै उनले थपे,‘बिरोधीले समर्थन गरे भनेमात्रै आशंका गर्नुपर्छ, तर बिरोधीले बिरोध गरे भने सोंच्नुस् सरकारले राम्रो काम गर्दैछ, त्यसैले राम्रो काम गर्दा आलोचना हुन्छन् यसबाट डराउनुपर्ने कुनै कारण छैन ।’ राम्रो काममा सरकारको पक्षमा जनता उभिनुपर्ने भएपनि राजनीतिक दलले त्यो चेतना जनतामा नदिदा अहिले उल्टो सरकारकै आलोचनामा लाग्नेगरेको गुनासो गरे । उनले राजनीतिक विद्रोह गर्छु भन्दा जनताले साथ दिने गरेको भएपनि सामाजिक, आर्थिक रुपान्तरणमा भने साथ नदिएको बताए । राजनीतिक क्रान्तिका लागि हामी जेलनेल भोग्न तयार छौं,‘उनले भने,‘तर सामाजिक, आर्थिक क्रान्ति गर्छौं भन्दा त्यहि जनताको साथ र सहयोग पाउँदैनौं ।’ उनले जबसम्म सामाजिक र आर्थिक क्रान्ति पूरा हुँदैन तबसम्म राजनीतिक क्रान्तिको कुनै अर्थ नहुनेसमेत टिप्पणी गरे ।

मुख्यमन्त्री पोखरेलले केहि तत्वहरुले जनतालाई संघीयताको बिपक्षमा उभ्याउने प्रयास गरिरहेको आरोप लगाए । सत्ताबाट बाहिरिएका, संघीयता नरुचाउने र संघीयता मन नपराउने ३ वटा तत्वहरुले संघीयताबिरुद्ध जनतालाई भड्काईरहेको उनको आरोप थियो । संघीयताले सरकारको खर्च बढाएपनि जनताको खर्च घटाएको मुख्यमन्त्री पोखरेलले दाबी गरे । संघीयताका कारण ३ तहको सरकार बनाउँदा प्रशासनिक खर्चदेखि कर्मचारी थप्नेसम्मका काम गर्दा सरकारको खर्च केहि बढेपनि सिंहदरबार धाउनुपर्ने जनताले गाउँमै सुविधा पाउँदा उनीहरुको खर्च भने घटेको उनको तर्क थियो । उनले नेपाली समाजमा नकारात्मकता बढेको भन्दै यहि कारण नेपाली समाज अभूतपूर्व संक्रमणबाट गुज्रिरहेको टिप्पणी गरे ।

मुख्यमन्त्री पोखरेलले पार्टी एकीकरण नटुंगिदा जनता र पार्टी जोडिन नसकेको टिप्पणी गरे । उनले पार्टीको बिचारसमेत स्पष्ट नहुँदा अलमल भइरहेको बताउँदै भने,‘हामीले दुई पार्टी एक बनायौं तर पार्टी एकीकरण टुंग्याएनौं, त्यसैले पार्टीलाई जनतासमक्ष पु¥याउन सकेनौं, हिजो पूर्व एमालेमा जनताको बहुदलीय जनबादको रसायन थियो रत त्यसले जनतालाई बाँधेको थियो, पूर्व माओवादीमा पनि जनयुद्ध थियो रत जनता त्यसमा बाँधिएका थिए, तर अहिले त अर्को रसायनपनि बनाउन सकेनौं, त्यसैले जनता पार्टीमा बाँधिन सकेका छैनन् ।’ उनले नया रसायन बनाएर जनतालाई पार्टीमा बाँध्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.