निर्माण व्यवसायी समितिले गर्यो मजदुरलाई राहत वितरण

पोखरा । निर्माण व्यवसायी समिति पोखराले निर्माण मजदुरलाई राहत वितरण गरेको छ । लकडाउनका कारण मजदुरहरु काममा जान नपाएपछि खाद्यान्य अभाव भएका कारण राहत वितरण गरिएको समितिका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।


१ हजार ५ सय जना मजदुरलाई समितिले राहत वितरण गरेको छ । करिव २१ लाख वरावरको राहत वितरण गरिएको र पोखरा महानगरपालिकाको कोरोना राहत कोषमा १ लाख १ हजार ५ रुपैयाँ गरिएको समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन थापाले जानकारी दिए ।

You might also like

Comments are closed.