निर्वाचनलाई लक्षित गरि नेपाल निजामती कर्मचारी युनियन संघले शुरु गर्यो सचिवालय

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेश पोखराको बैठक संघका संयोजक शिव प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । असोज २४ गते निजामतिहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन घोषणा भए संगै निजामति कर्मचारी युनियन संघ निर्वाचनको तयारीमा जुटेको हो । निर्वाचनको तयारीका लागि विभिन्न समिति पनि गठन भएका छन् ।

शिव शर्मा अधिकारीको संयोजकत्वमा ११ वटै जिल्लाका जिल्ला अध्यक्ष सहित १०१ जनाको निर्बाचन परिचालन मूल समिति समिति गठन भएको छ ।प्रचार प्रसार समिति सुरेश श्रेष्ठको संयोजकत्वमा गठन भएको छ ।

कृष्ण प्रसाद अर्याल संयोजक रहेको २१ सदस्यीय समन्वय समिति पनि गठन भएको छ । आर्थिक समितिको संयोजकमा विनोद रेग्मी रहेका छन् ।

निर्वाचन लक्षित गरेर असोज ०३ गते गण्डकी प्रदेश एवम कास्की युनियन संघ पोखराको सृजनाचोकमा निजामति कर्मचारीहको आधिकारीक ट्रेड युनियनको निर्बाचन समितिको सचिवालयको पनि उद्घाटन भएको छ । युनियन संघ गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी ले सो सचिवनलयको उद्घाटन गरेका हुन् । सचिवालय हरेक दिन दिउँसो ३ वजे देखि साझँ ६ वजे सम्म खुल्ला रहने प्रचार प्रसार समिति संयोजक सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.