पोखरा, २३ फागुन ।
इनरह्वील क्लव अफ पोखरा मिडटाउनले हालै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ अर्चलेको सहेला पाखामा गत शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै वृद्धवृद्धालाई खाद्यन्न पनि वितरण गरेको छ ।
शिविरबाट ९५ जनाले लाभ लिएका थिए भने कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रमका १५ जनालाई खाद्यन्न वितरण गरिएको आयोजक क्लवकी अध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । वडा नम्बर २७ का अध्यक्ष एवं प्रमुख अतिथि पूर्णवहादुर गुरुङ, इन्टरनेश्नल इनरह्वील क्लब डिष्ट्रिक्ट ३५० नेपालका इएसओ सर्सिज पालिखे र आयोजक क्लवकी अध्यक्ष पाण्डेले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए । क्लबकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक सावित्री नेपालीले शिविर र खाद्यन्न वितरण कार्यक्रम बारे प्रकाश पारेकी थिइन् ।
मणिपाल शिक्षण अस्तपालकी स्त्री रोग विशेषज्ञ डा. स्मिता श्रेष्ठले मानव स्वास्थ्य र रोगका विविध पक्षबारे बताएकी थिइन् । डाक्टरहरु सुमन सुवेदी, पवन अर्याल, एलिसा मिश्र र सम्रता शेरचनले शिविरमा स्वास्थ्य जाँच गरेका थिए । शिष्टरहरु अञ्जु नेपाली, कल्पना अधिकारी र जुना थापाले उनीहरुलाई सघाएका थिए ।
औपचारिक रुपमा शिविर संचालन अघि मन्दिर समितिका सचिव महेश्वर पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । लिटर गार्डेन मन्टेश्वरी, कृष्ण प्रणामी मन्दिर र स्थानीय वडाले कार्यक्रमलाई सघाएका थिए । आमा समूह र वडा सदस्यहरुको कार्यक्रममा उपस्थिति थियो । क्लवकी सचिव सावित्री थापाले कार्यक्रम संचालन गरेकी थिइन् ।
Comments are closed.