निशेधित क्षेत्रमा २ घण्टासम्म पटाका धमाका, प्रशासन मुकदर्शक, भव्य कार्यक्रम, प्याराफिट खाली

पोखरा । पटाका निशेधित क्षेत्र पोखरामा सोमबार २ घण्टासम्म आतसबाजीसहित पटाका पड्काइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पटाका निशेधित क्षेत्र घोषणा गरेपनि त्यसलाई बेवास्ता गर्दै सोमबार करीब २ घण्टा आतसबाजीसहित पटाका पड्काइएको हो । निशेधित क्षेत्रमा पटाका पड्काउने सर्वसाधारण नभएर राज्यकै निकाय हो । यसरी पटाका पड्काउने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषदसहित तीनै तहको संलग्नता रहेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पोखरामा हुने खेलकुदको शुभारम्भको अवसरमा आयोजकले आधा घण्टासम्म लगातार र त्यसपछि फाट्टफुट्ट रुपमा २ घण्टासम्म पटाकासहित आतसबाजी गरेको थियो । साँझ पौने ५ बजेबाट शुरु भएको आतसबाजी राती ८ बजेसम्मपनि फाट्टफुट्ट भइरहेको थियो । करीब आधा घण्टा त लगातार आतसबाजी गर्दै पटका पड्काइएको थियो । राज्यको जिम्मेवार निकायले नै यसरी निशेध गरिएको आतसबाजीसहित पटाका पड्काउँदा प्रशासन भने मुकदर्शक बनेर बसेको थियो ।

जिल्ला प्रशासन कार्यालयले ३ वर्ष अघि कास्कीलाई पटाका निशेधित क्षेत्र घोषणा गरेको थियो । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षमा आयोजना गर्ने पोखरा सडक महोत्सवको अवसरमा न्यू इयर इभको दिन आतसबाजी गर्न लागेपछि नागरिक समाज पोखराको तर्फबाट रामबहादुर पौडेलले जिल्ला अदालत कास्कीमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाई गर्दै जिल्ला अदालत कास्कीले पटाका नपड्काउन र पड्काउन नदिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशनात्मक आदेश गरेको थियो । सोहि आदेशका आधारमा प्रशासनले रेवानलाई आतसबाजी गर्न रोकेको थियो ।

jutta mela

तर अहिले राज्यले नै आतसबाजी गर्दा प्रशासन मुकदर्शक बनेको हो ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले निशेधित क्षेत्रमा आतसबाजीसहित पटाका पड्काउनुलाई कानुनी राज्यको उपहास भएको टिप्पणी गरे । आफैले निशेध गरेको क्षेत्रमा आफैले पड्काउनु कानुनी राज्यको उपहास हो, उनले भने, ‘यो अहंकार र दम्भ हो, यसप्रति हामी खेद प्रकट गर्छौं ।’ उनले पड्काउनै पर्ने बाध्यता भए केहिबेर पड्काउन सकिने भएपनि घण्टौंसम्म आतसबाजी गर्नु दुःखद भएको टिप्पणी गरे ।

मार्चपास पछि मात्रै बज्यो राष्ट्रिय गान

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन कार्यक्रममा राष्ट्रिय गान ढिलो मात्रै बजेको छ । मार्चपास अघि बज्नुपर्ने राष्ट्रिय गान मार्चपास पछि मात्रै बजेको हो । आयोजकले नजानेर वा गल्तीवश राष्ट्रिय गान पछि बजाएको नभई जानाजान पछि बजाएको थियो ।

कार्यक्रम तालिकामा राष्ट्रिय गान अगाडि नै राखिएपनि ट्रायथलन टीम आउन ढिलाई भएपछि राष्ट्रिय गानलाई पछि सारिएको थियो । ट्रायथलन टीम आउने बेलासम्म मार्चपास गरिएको थियो भने मार्च सकेपछि बल्ल राष्ट्रिय गान बजाइएको थियो । हामीले नजानेर वा गल्तीले त्यस्तो गरेका होइनौं,‘आयोजक समितिका एक सदस्यले भने,‘ट्रायथलन टिम नआइपुग्दा जानाजान नै त्यस्तो गरेका हौं ।’

भव्य कार्यक्रम, प्याराफिट खाली

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार गरिएको शुभारम्भ कार्यक्रम भव्य भएको छ । तर दर्शक नहुँदा भव्य कार्यक्रमपनि खल्लो महशुष भएको थियो । शुभारम्भ कार्यक्रममा मार्चपास हेर्न लायक थियो । सँगसँगै गण्डकी प्रदेशको जातजाति, भेषभूषासहितको सांस्कृतिक नृत्य, हट बेलुनलगायत आकर्षणको केन्द्र बनेको थियो । विवादित भएपनि आतसबाजीसहितको पटाका पड्काउँदा शुभारम्भ कार्यक्रमको रौनकता नै उत्साहजनक भएको थियो ।

कार्यक्रममा अतिथिलाई निमन्त्रण पत्र दिएरै बोलाइएको थियो । तर बोलाइएका अतिथिहरु मध्ये कमैमात्र उपस्थित थिए । बोलाइएका मध्ये कमैमात्र अतिथि आएपनि भिआइपी प्याराफिट आधा भरिएकाले सामान्य नै थियो । तर दर्शक प्याराफिट भने पूरै खाली हुँदा कार्यक्रमको रौनकता सबै खल्लो भएको थियो । शुभारम्भ कार्यक्रममा दर्शक सहभागिता बढाउन निःशुल्क प्रवेश दिने प्रचलन भएपनि सागको पोखरा शुभारम्भ कार्यक्रममा टिकट अनिवार्य गरिएको थियो । जसका कारण शुभारम्भ कार्यक्रममा दर्शक नै आएनन् । सोहि कारण प्याराफिट खाली भएको हो । आयोजक र स्थानिय ब्यबस्थापकको कमजोरीका कारण भव्य कार्यक्रमपनि खल्लो भएको हो ।

You might also like

Comments are closed.