नीति तथा कार्यक्रम : बन्द उद्योग पुनः सञ्चालनमा ल्याइने

 

काठमाडौं । सरकारले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ । आज आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा आएका तर बीचमा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने बताइन् ।

आर्थि विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उनले बताइन् । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।

jutta mela

त्यस्तै, सरकारले भैरहवालाई विशेष आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । भैरहवा र नेपालगञ्जको एकीकृत जाँचचौकीको निर्माण छिटो सक्ने पनि सरकारको नीति रहेको छ ।

त्यस्तै, पेट्रोलियम आपूर्तिको मूल्य निर्धारण स्वचालित गरिने भन्दै सरकारले सहज आपूर्तिका लागि थप काम गर्ने जनाएको छ ।

You might also like

Comments are closed.