सत्तारुढ पार्टी नेकपाको सचिवालय बैठक सुरु, राष्ट्रिय सभामा अर्थमन्त्रीको होला त निरन्तरता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । सत्तारुढ पार्टी नेकपाको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा अर्थमन्त्री युवराज खतिवडा र पार्टी उपाध्यक्ष बामदेव गौतम मध्ये कसलाई पठाउने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुनेछ ।

jutta mela

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिन खोजेका छन् भने अर्का अध्यक्ष प्रचण्डले गौतमलाई पठाउन खोजेका छन् । स्वयम गौतमले समेत यस अगाडि आफूलाई सिफारिस गरिएकाले कार्यान्वयन गर्न माग गरेका छन् ।

पार्टीभित्र लामो समयदेखि विवाद देखिएपछि विवाद मिलाउन बनाइएको कार्यदलले दिएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने बताइएको छ ।

You might also like

Comments are closed.