देवबहादुर भुजेल (डी.बी)
जनताको स्वास्थ्यदेखि देशको आर्थिक संकट समाधान भन्दा आफ्नै पार्टीको आन्तरिक किचलो हुनु भनेको अबको तीन वर्षपछि नेकपाले सरकार बनाउनै सक्दैन भन्ने पनि हो । अरु नेताको पालै आउदैन, चुनाव नै जितिदैन भन्ने आँकलन गर्नु हो ।
नयाँ नक्सा पास गर्नु र भारतले आफूलाई नरुचाएको प्रसँगले नेकपाको विवाद चरमउत्कर्षमा पुग्यो । वादविवादसँगै प्रधानमन्त्रीले हिउदे अधिवेशन अन्त्य गरे । भारतले आफूलाई मन नपराएको र प्रधानमन्त्री फेर्ने कसरत गरेको बताइरहदा पार्टीमा पनि त्यस्ता व्यक्तिको हावी छ भनेको कारणले ओलीलाई बहिर्गमन गराउन लाग्नु किमार्थ दुरदृष्टी देखिदैन ।
सीमाको विषयले अराष्ट्रिय तत्व परास्त हुन सक्यो भने पार्टीहरुलाई राष्ट्रिय सवालमा एक भएर आउने स्थिति ओलीले गरेको मान्नुपर्छ । राणा शासनको अन्त्यपछि राजा, कांग्रेस र अन्य पार्टीले बेलाबेलामा सम्झौता गर्दै पालोपालो शासन गर्दै आएका पनि हुन् ।
हामीले जहिले पनि नाम मात्रको व्यवस्था उत्कृष्ट मान्यौं । हाम्रो बानी, बोली, व्यवहार हिजोको शासनको भन्दा कम गरेनौं । रातो कार्पेटमा हिड्नेदेखि शानशानको करोडौंको गाडीमा आफूमात्र नभइ श्रीमती र परिवारसम्मलाई राज्यको ढुकुटीबाट एसआराम र शानको लागि समय खचियौं ।
लाग्छ नेपालका जनता गणेशमान जीले भने जस्तो भेडा हुन् । नेताले जे भने पनि हुन्छ, जनताले प्रतिक्रिया जनाउँदैनन् । जनताले २०–३० वर्षको अन्तरालमा राजनीतिक स्थिरताको लागि बहुमत पटकपटक दिएकै हुन् । तर, अहिलेको दुई तिहाईको सरकार प्रतिपक्षको भन्दा आफ्नै पार्टीको अन्तरकलह र गुट उपगुटले सरकार मात्र हैन स्वयम आफ्नो पार्टी विभाजन हुन्छ कि भन्ने छाट देखिदैछ ।
जनताले पटकपटक कुनै पार्टीलाई बहुमत दिएकै हुन् । नेकपालाई राजनीतिक स्थिरता र नेपालको समृद्धिका लागि जनताले दुई तिहाईको हाराहारीमा मत दिएकै हुन् । तर, दुई वर्ष बित्दा नबित्दै माओवादी र एमालेको एकीकरणबाट बनेको नेकपा गुट उपगुटमा व्यस्त छन् ।
कोरोनाको माहामारीले देश र जनता शिथिल भइ आफ्नो गुजारा गर्न नसक्ने अवस्थाको संकटमा छन् । जनताको स्वास्थ्यदेखि देशको आर्थिक संकट समाधान भन्दा आफ्नै पार्टीको आन्तरिक किचलो हुनु भनेको अबको तीन वर्षपछि नेकपाले सरकार बनाउनै सक्दैन भन्ने पनि हो । अरु नेताको पालै आउदैन, चुनाव नै जितिदैन भन्ने आकलन गर्नु हो ।
यहि बेला सबै नेता पद प्रतिष्ठा र मन्त्रीको लागि सत्तामा पुग्नुपर्छ । सरकार बाहिर रहेका आफ्नै नेताले सत्ता हत्याउन खोज्नु किमार्थ ठिक होइन ।
कोभिड–१९ ले आर्थिक वृद्धिदर ऋणात्मक हुने स्थिति छ । रेमिटेन्स, बाह्य ऋण र सहयोग ७५ प्रतिशत ह्रास हुँदैछ भने आन्तरिक राजस्व पनि ७० प्रतिशत भन्दा बढी जुट्ने स्थितिमा छैन । २० प्रतिशत उद्योग व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् ।
अर्थात भनौं गुडिराखेको गार्डीको इन्जिन बीच बाटोमा बिग्रिरहेको छ । गन्तव्यमा पुग्न कि त इन्जिन फेर्नु छ कित गार्डी नै फेर्नु पर्ने अवस्थामा जनता पुगेका छन् ।
हाम्रा नेताका त्यत्रा त्याग, तपस्या एक पछि अर्को रुपमा गुट उपगुट अनियमिततादेखि नैतीक आचरण भ्रष्ट गर्ने काममा लालायित छन् । आफ्नो साम दाम परिवारको दममा यहाँभन्दा अगाडिको व्यवस्था भन्दा डरलाग्दो रुपमा विकसित भइरहेको छ ।
दुई तिहाइको सरकारमा प्रतिपक्ष हाइसन्चोमा छ भने आफ्नै पार्टीमा विपक्ष भन्दा ठूलो वितन्डा मच्चाइरहेका छन् । सरकारलाई काम गर्ने वातावरण तयार गर्दै जनताको पीर मर्का उचित व्यवस्थापन गर्दै छिटो डेलिभरी गर्लान्, सुशासन सहित सुखी नेपाली, समृद्ध नेपाल बनाउलान् भनेको त उल्टै आफ्नै गुटको पद प्रतिष्ठा सुनिश्चितताको लागि अगाडि सर्नु भनेको पुरानो व्यवस्थाको पुनरावृत्ति गर्नु वा देशलाई नै अस्थिरताको संकटको भुमरीमा पार्नु हो ।
त्यसैले आर्थिक, सामाजिक, नैतीक संकटबाट पार गर्न नेताहरुले सहयोग गर्नुपर्छ । आफ्नो तलब भत्ता एक वर्षको लागि कोरोना कोषमा जम्मा गर्लान्, जनताले सास फेर्ने मौका पाउलान् भनेको त आफ्नै सुख–सुबिधा बढाउन र निरन्तरता दिन एकजुट हुन पुगे । जनताले तिरेको राज्यकोष समानुपातिक र सुशासन सहित खर्च गर्न नसक्नु निकम्मा सरकार हुनु भनेको सांसद र मन्त्रीहरु नालायक हुनु सरह हो । तसर्थ यी समस्याहरुबाट पार गर्न नेकपाले निम्न विषयमा ध्यान दिनुपर्छ ः
१, प्रधानमन्त्रीको पद र अध्यक्षको पद
२, पार्टी सञ्चालन, एमसिसी र बाह्य हस्तक्षप
३, सुशासन, नैतीकता र दुरदृस्टी
४, राजनैतिक स्थायीत्व र समृद्धि
५, आगामी महाधिवेशन
पार्टी र सरकार सञ्चालन सम्बन्धमा आगामी महाधिवेशन भन्दा अगाडि ओलीकै नेतृत्वमा प्रधानमन्त्री र अध्यक्ष कायम राख्न ठीक हुन्छ ।
मंसिरको महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाई माधव, झलनाथ, बामदेव लगायतका असन्तुष्टी सम्बोधन गर्नु उचित हुन्छ । यदि प्रचण्डसँगै उनीहरु हौसिएका हुन् भने महाधिवेशन अगाडि नै आफ्ना प्रतिनिधिहरुलाई विस्तृत रुपमा बुझाउनु जरुरी छ ।
राजनीति अस्थिरता भएको बेला वैदेशिक हस्तक्षेप देखिन्छ । चीन र भारतका राजदुत र आसेपासेले दिनदहाडै प्रधानमन्त्री, राष्ट्रपति र प्रत्येक नेता भेट्नुले राजनीतिक अस्थिरता जनाउँछ । कमसेकम परराष्ट्र नीतिमा सबै पार्टीहरुको एकरुपता हुनु राष्ट्रियता हो । सीमा विवादमा एकता कायम हुनु यसको उदाहरण हो ।
अबको बाटो भनेको एमसीसी फिर्ता गर्नु, नागरिक विधेयक पास गर्नु र अब आइन्दा कुनै पनि नेताले पूर्व विषय नउठाउनु, नहोच्याइ नैतीकवान बनि कोरोना र पार्टीको किचलोबाट पार गर्नु नै श्रेष्कर हुनेछ ।
लाखौं युवा वैदेशिक रोजगारीबाट फर्कदैछन् । उनीहरुलाई स्वरोजगार बनाउनु राज्यको कर्तव्य हो । उनीहरुको दक्षता बुझी त्यसै अनुसारको ट्रेनिङ व्यवस्था गरी उत्पादनशील कार्यमा लगाउनु अति आवश्यक छ । संकटमा परेको उद्योगी र व्यवसायीलाई मौद्रिक नीतिले सम्बोधन गरेझै कार्यान्वयन पक्ष कलंकरहित होस् ।
आखिर जनताले बोल्न भन्दा नि शान्तिपूर्वक भेदभाव रहित तबरले आफ्नो उद्योग व्यवसाय गर्न, हिड्न, डुल्न चाहेका छन् । नातावाद, कृपावाद नगरी प्रत्येक क्षेत्रमा सुशासनको अनुभूति खोजेका हुन् ।
उपयुक्त विषयमा सबै नेता घोत्लिउन, घोचपेच, छेड्छाड गर्न छोडुन् । केटाकेटी जसरी ठुस्सिनी, साथी घरी घरी फेर्दै हिड्ने नगरुन् । राज्यकोषको सम्पत्ति सुशासन र समानता सहित खर्च गरुन् । मानबताको खिल्ली नउढाउ, मानवीय आचरण गराउ । नेताहरु परिवर्तन भए भने र आफूलाई गुट र उपगुट भन्दा माथि उठेर काम गरे भने यो पार्टी जुगांै जुग जनताको दिल दिलमा रहनेछ । नेताको सदबुद्धि जागोस्, नेकपालाई शुभकामना ।
Comments are closed.