नेकपामा छिरेको भाइरस कोरोना भन्दा डरलाग्दो छ, यसको खोप बनाउनुप¥यो’

सन्देश श्रेष्ठ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छिरेको कोरोना भन्दा डरलाग्दो भाइरसको उपचारका लागि चाँडो भन्दा चाँडो खोप बनाउनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघको (फोनिज)को २१ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेश शाखाले शनिबार आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा तथा पुरस्कार वितरण समारोह’कार्यक्रममा बोल्दै उनले नेकपामा छिरेको सो भाइरसले पार्टी सिद्ध्याउन लागेकाले यसको उपचार गरिहाल्नुपर्ने बताएका हुन् । देश अहिले कोरोनाको त्रासमा छ,‘उनले भने,‘तर यो भाइरस भन्दापनि डरलाग्दो भाइरस नेकपामा छिरेको छ, यो भाइरस निकै खतरा छ ।’

मुख्यमन्त्री गुरुङले नेकपामा छिरेको भाइरसको उपचारका लागि खोप निर्माण गर्न अनुसन्धान गरिहाल्नुपर्ने खाँचो औंल्याए । नेकपामा अहिले देखिएको भाइरस चाँडै समाप्त गर्नुपर्छ,‘उनले भने,‘यो भाइरस नेकपाबिरुद्ध मात्र छैन, नत कुनै नेताबिरुद्ध मात्र छ, यो त नेपालको बिरुद्धमा छ । नेपाली जनता, नेपालको समृद्धि र विकासको बिरुद्धमा छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानी नेपाली जनताको बिरुद्धमा छ ।’

jutta mela

मुख्यमन्त्री गुरुङले वर्तमान सरकार परिवर्तन गरे जनताको अपमान हुने बताए । ‘स्थिर सरकार बनाएर विकास र समृद्धिमा लम्किदै समाजवादतर्फ लम्किने बाचासहित चुनावमा जाँदा जनताले विश्वास गरेर बहुमत दिएका हुन्’–उनले भने । उनले प्रधानमन्त्रीमा समस्या भए सुधार्न लगाउनुपर्ने भएपनि ओली सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अहिले नै लकडाउन गर्ने पक्षमा नरहेको बताए । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने होइन,‘उनले भने,‘भर्खरै मात्र उद्योग खोलिएको छ, पेशा, व्यवसाय भर्खरै खुलेका छन्, त्यसैले तुरुन्तै बन्द गर भन्नुहुँदैन, बरु सचेतता अप्नाउनुपर्छ ।’ असाबधानीले कोरोना संक्रमण बढेको भन्दै उनले लकडाउन भन्दा सतर्कता अप्नाउनुपर्ने बताए । यद्वपी गण्डकी प्रदेशको कोरोना संक्रमण काबु बाहिर नरहेको उनले दाबी गरे । उनले बिपक्षीसहित केहि अगुवाहरुले घर÷घरमा पिसीआर गर्न गरेको आग्रहपनि बेकारको भएको टिप्पणी गरे । अकारणमा पिसीआर किन गर्ने? उनले भने,‘जथाभावी पिसीआर गरेर पैसा र समयको बर्बादी गर्नुहुँदैन ।’ पिसीआर खोप होइन,‘उनले थपे,‘पिसीआर गर्दैमा रोग निको हुने होइन, त्यसैले घर÷घरमा पिसीआर गर्नुपर्दैन, बरु सचेतता अप्नाऔं ।’

मुख्यमन्त्री गुरुङले कोरोनाबिरुद्धको लडाईंमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालले असहयोग गरेको आरोप लगाए । हामीले सोंचेजसरी अस्पतालले सहयोग गरेन,‘उनले भने,‘किनभने यो प्रदेश मातहत छैन, संघ सरकार मातहत छ ।’ यसअघी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा, सभा सदस्य मिन गुरुङलगायतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल बनाउनु गलत भएको बताएका थिए । कोरोना अस्पताल बनाउँदा दैनिक १५ सय भन्दा बढी विरामीले सेवा लिन नपाएको भन्दै उनीहरुले यसलाई सच्याउनुपर्ने बताएका थिए ।

You might also like

Comments are closed.