नेकपा कास्कीका सदस्यले लिए सफत, संसदलाई संघर्षको थलो बनाउन मुख्यमन्त्रीको निर्देशन

सन्देश श्रेष्ठ
पोखरा , वैशाख २९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीका सदस्यहरुले आइतबार सफत ग्रहण गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)को जिल्ला कमिटी कास्कीमा मनोनित भएका १ सय ५५३ जना सदस्यहरुले आइतबार सामुहिक सफत ग्रहण गरेका हुन् ।

पाटीका जिल्ला सदस्यहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले सफत ग्रहण गराएका हुन् । नेकपा कास्कीमा कुल १५५ जना रहेका छन् । जसमा अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङ (आभाष)ले यसअघी नै सफत लिइसकेका थिए । आइतबार बाँकी १ सय ५३ जनाले आइतबार सफत लिएका हुन् । नेकपा कास्की जिल्ला कमिटीमा पूर्व एमालेबाट ८८ जना र पूर्व माओवादी केन्द्रबाट ६७ जना रहेका छन् ।

jutta mela

सफत कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले संसदलाई संघर्षको थलोको रुपमा उपयोग गर्न निर्देशन दिए । उनले गाउँसभा, नगर सभा, प्रदेश सभा र संघीय संसदलाई संघर्षको थलोको रुपमा उपयोग गरेर समाजवादसम्म जाने बाटो तय गर्नुपर्नेमा जोड दिए ।

राजतन्त्रको अन्त्य ग¥यौं–उनले भने,‘कम्युनिष्ट पाटीको अन्तिम लक्ष्य समाजवाद नै हो, तर अहिल्यै हतारो नगरौं ।’ उनले अन्तिम लक्ष्यमा पुग्नका लागि धैर्यता राखेर पाटीलाई अगाडि बढाउनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट चरित्र सदैव बोकिराख्न कार्यकर्तालाई निर्देशन दिए ।

कम्युनिष्ट पाटी मौरीको गोलोजस्तै हुनुपर्ने हो–उनले भने,‘तर सुन्तलाको केस्राजस्तै भयौं, अब मौरीको गोलोजस्तै बनेर देशीविदेशी प्रतिक्रियाबादीसँग लड्नु प¥यो ।’ नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासीले राष्ट्र, पाटी र जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे । नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले सरकार र पाटी एक ढिक्का भएर देशलाई समृद्धीमा लैजानुपर्नेमा जोड दिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जनताको अपेक्षा पूरा गर्ने सरकारको काममा पाटीका सदस्यले सहयोग गर्नुपर्ने बताए । नेकपा गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपालीले नेकपाप्रति जनताको आशा, भरोसा र विश्वास रहेको भन्दै ति आशा, भरोसा र विश्वास पूरा गर्नेगरि खटिन आग्रह गरे ।

पोखरालाई नमूना राजधानी बनाउने घोषणा

नेकपा कास्कीले गण्डकी प्रदेशको राजधानी पोखरालाई नमूना राजधानी बनाउने घोषणा गरेका छन् । नेकपा कास्कीको आइतबार बसेको पहिलो बैठकले पोखरालाई नमूना राजधानी बनाउने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ,‘गण्डकी प्रदेशको राजधानी पोखरालाई नमूना राजधानी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं, त्यसका लागि पाटीले एकढिक्का भएर सहयोग गर्नेछ ।’

त्यस्तै नेकपा कास्कीले जनयुद्ध, जन आन्दोलनमा सहादत प्राप्त वा जीवन वलिदान गर्नेहरुलाई सहीद घोषणा गर्न माग गरेको छ । बैठकले सरकारसँग सहीद घोषणाका लागि मा गरेको नेकपा कास्कीका सचिव बखानसिंह गुरुङ (आभाष)ले जानकारी दिए ।

बैठकले केही दिन अगाडि आएको हावाहुरी र प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत उपलब्ध गराउनपनि माग गरेको छ ।

You might also like

Comments are closed.