नेकपा सचिवालय बैठक, वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको सचिवालय बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

jutta mela

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले सिफारिस गरेपछि राष्ट्रपतिले गौतमलाई मनोनित गर्नेछिन् ।

You might also like

Comments are closed.