नेपालमा थपिए ६३८ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज मात्रै ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.