नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण, ३३0७ जनाले कोरोना जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २७२२ जना कोरोना संक्रमित थप भएका छन् । १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोरोना संक्रमितको सक्रिय संख्या २१ हजार २ सय ३४ छ ।

संक्रमितहरु निको हुनेको संख्या पनि बढेको छ । पछिल्लो घण्टामा ३ हजार ३ सय ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

कोरोना निको हुनेको संख्या ६० हजार १ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.